सौराहालाई नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा हेरिन्छ। यहाँका व्यवसायीले पर्यटक भित्र्याउन भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवस लक्षित फुड फेष्टिबवलको आयोजना गरेका छन्।
आज सौराहा जाने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ। क्षेत्रीय होटल व्यवसायी संघका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा प्रेम दिवसका दिन रौनक छाएको छ।
‘यहाँ भ्यालेन्टाइन लक्षित फुड फेस्टिबलको आयोजना भएको छ। क्राउड बढी नै छ’, उनले भने ‘रौनक उत्साह जनक छ।’
बेलुकासम्म मानिसहरुको संख्या अझ बढ्ने अपेक्षा उनले गरे। होटलहरुले बेलुकाको लागि तयारी गरिरहेको उनले जनाए। यस दिन होटेलमा नयाँ बर्षजस्तो मानिसहरुको भिड नहुने उनले बताए।
१८ औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकको आवागमनले सौराहाका व्यवसायी उत्साहित भएका हुन्। मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना महामारीलगायत कारण सुस्ताएको थियो।
पछिल्लो दुई वर्षमा पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन्। सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो।
रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाका अध्यक्ष धुव्र गिरीले भने, ‘यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा हामी उत्साहित भएका छौँ।’
अब सौराहामा नाइट लाइफ हेर्न बसपार्क साइड, प्राकृतिक सौन्दर्यमा रमाउन रिभर साइड क्षेत्रलाई सौन्दर्यीकरण गर्ने रेवानले घोषणा गरेको बताउँदै गिरीले फुड फेष्टिवल लगत्तै काम सुरु गरिने जानकारी दिए।
उनका अनुसार सौराहामा फुड फेष्टिवल लक्षित गरी ८० प्रतिशत होटल बुक भइसकेका छन्।
अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको संख्यामा कमी हुन्छ कि भने चिन्तामा रहेका सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चहलपहलले निकै उत्साहित बनाएको छ।
स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको पर्यटनलाई पुनः गतिशील बन्ने संकेत दिएको पर्यटन व्यवसायी नरेश ढुंगानाले जानकारी दिए।
सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको संख्या बढ्दै गएका छन्।