कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर-७ स्थित सीमा क्षेत्र मर्यादपुरबाट करिब एक लाख बराबरकाे अवैध सामाग्री बरामद गरिएको छ।
सुराकीको आधारमा सुठौली भन्सार र सशस्त्रको संयुक्त टोलीले स्थानीय अरमानी कलवारको घरबाट छापा हानेर सो सामाग्री बरामद गरेको हो।
टोलीले नौ बोरा चिनी, ७ बोरा मैदा, ४ बोरा मटरको दाल गरी ७० हजारको अवैध सामान बरामद गरेको सुठौली भन्सार कार्यालय कार्यालयका प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिए।
सोही टोलीले ४ पोका भारतीय जब्बार सुर्ती समेत बरामद गरेको छ। सीमा क्षेत्रमा रहेको अधिकांश पसलहरूमा भारतबाट अवैध रुपमा भित्राइएका सामानहरु बेच्ने गरिएको स्रोतले जनाएको छ।
टोलीले डेढ महिनाको अवधिमा रंगपुर र मर्यादपुर गरी ४ स्थानमा छापा हानेर अवैध पियाज र केरानाका सामान बरामद गरेको प्रमुख गैरेले बताए। ‘हामीलाई आएको गोप्य सूचनाका आधारमा टोली पटाउँछौ’ प्रमुख गैरेले भने।
बरामद गरिएको सामान ६२ हजारमा लिलाम समेत गरिएको उनले बताए। चोरी तस्करी बढे पछि विशेष गरी भन्सार क्षेत्रमा निगरानी बढाइएको उनले जनाए। चोरी तस्करी बढेकाले भन्सार राजस्व असुलीमा समेत असर परेको छ।
चालु आर्थिक वर्षको ६ महिनामा सूठौलीमा लक्ष्यको २३ दशमलव ३८ प्रतिशत मात्र राजस्व संकलन भएको हो।
चालु आर्थिक वर्षका लागि भन्सारलाई १ अर्ब ८१ करोड ८० लाख लक्ष्यर दिइएको छ। ६ महिनामा २१ करोड ७ लाख ६९ हजार मात्र राजस्व संकलन भएका भन्सार कार्यालयले जनाएको छ।
६ महिनाकालागि ९१ करोड ८५ लाखको लक्ष्य दिइएको थियो। उता देशकै प्रमुख १० मध्ये कै कृष्ण नगर भन्सारमा समेत चोरी तस्करीकै कारण राजस्व असुलीमा असर परेको छ।