झापाले ५ औं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि जितेको छ।
मोरङको बेलबारीस्थित डाँगिहाटमा बलुवाइ आइटिएफ तेक्वान्दोले आयोजना गरेको प्रतियोगितामा झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदकका साथ उपाधि जितेको हो।
मोरङले ३ स्वर्ण, ३ कास्य र ७ रजत पदक जित्दै द्वितीय र सुनसरीले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदकका साथ तृतीय भए।
प्रतियोगिताअन्तर्गत महिलातर्फ ४०–४५ केजी तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम र बलुवाइ आइटिएफ तेक्वान्दोकी विलिशा माझी द्वितीय भइन्।
४६–५० केजी तौल समूहमा सुनसरीकी एलिका बिक प्रथम र झापाकी नम्रता सिगु द्वितीय भइन्। ५१–५५ केजी तौल समूहमा सुनसरीकी बिट्नी राई प्रथम र मोरङकी प्रिया राय द्वितीय भइन्।
५६–६० केजी तौल समूहमा भोजपुरकी सजिना तामाङ प्रथम र सुनसरीकी एलिजा राई द्वितीय भए। ६१–६५ तौल समूहमा झापाकी सेहना लिम्बू प्रथम र आयोजककी दीक्षा खड्का द्वितीय भइन्। ६६ केजीमाथिको समूहमा आयोजककी एलिजा राजवंशी प्रथम र झापाकी सुष्मा आछामी द्वितीय भइन्।
त्यसैगरी पुरुषतर्फ ४५–५० केजी तौल समूहमा मोरङका प्रकाश शर्मा प्रथम र झापाको सौरव श्रेष्ठ द्वितीय भए। ५१–५५ केजी तौल समूहमा पाँचथरका आलोक राई प्रथम र सुनसरीका पियुष श्रेष्ठ द्वितीय भए।
५६–६० केजी तौल समूहमा झापाका प्रितम धिमाल प्रथम र इलामका दीपप्रशन राई द्वितीय भए। ६१–६५ केजी तौल समूहमा मोरङका लक्ष्मण राजवंशी प्रथम र झापाका मनिष श्रेष्ठ द्वितीय भए।
६६–७० केजी तौल समूहमा मोरङका प्रथम कार्की प्रथम र भोजपुरका सुन्दर गुरुङ द्वितीय भए। ७१ केजीमाथिको समूहमा झापाका अनोमल लिम्बू प्रथम र आयोजकका विकाश ठाकुर द्वितीय भए।
दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १ सय ६३ जना खेलाडीको सहभागिता रहेको थियो। खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य मानबहादुर लिम्बूले खेलकुदको विकासलागि आफू र सरकार लागेको बताए।
उनले खेलाडीहरुको नियमित प्रशिक्षणका लागि आवश्यक पर्ने कभर्ड हल निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले राज्यले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए।
सरकारले खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगर्दा खेल क्षेत्रले धेरै समस्या झेल्दै खेलाडीहरुले खेल्नु परेको कार्कीले बताए।