विराटनगर महानगरपालिकाले क्षयरोग (टिबी)का बिरामीलाई पोषण सामग्री वितरण गरेको छ।
महानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बिरामीहरूलाई पोषण सामग्री प्रदान गरे।
महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत क्षयरोगीका बिरामीहरूलाई महानगरले पोषण सामग्री वितरण गरेको हो। पोषण सामग्रीमा २५ किलोको एक बोरा चामल, तेल, दाल, सर्वोत्तम पिठो, चना, स्वायबिन, अण्डालगायतका सामग्री प्रदान गरिएको छ।
महानगर अन्तर्गतका विभिन्न स्वास्थ्य चौकी र केन्द्रमा ११ जना क्षयरोगीले नियमित उपचार गराइरहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिलीप यादवले जानकारी दिए।
बिएनएमटी नेपालसँगको सहकार्यमा महानगरले क्षयरोगका बिरामीलाई ६ महिनासम्म पोषण सामग्री उपलब्ध गराउने छ। उनीहरूको पोषणको अवस्थाबारे नियमित परीक्षणसमेत गरिने छ।
शरीरमा पोषणको मात्रा हेरेर क्षयरोगका बिरामीलाई थप उपचार गरिने उनले बताए। मोरङको विराटनगर महानगरपालिका र केराबारी गाउँपालिकालाई क्षयरोग (टिबी )मुक्त बनाउने गरी काम गरिरहेको बिएनएमटीकी पुनम विष्टले जानकारी दिइन्।