तत्कालीन गाविस सचिव केशव घिमिरेलाई ३ वर्ष कैद २७ लाख जरिवाना
२२ माघ २०८०
•
१ मिनेट पाठ
तत्कालीन गाविस सचिव केशव घिमिरेलाई ३ वर्ष कैद २७ लाख जरिवाना
विशेष अदालत काठमाडौँले सिराहाको तत्कालीन राजपुर गाविसका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद र २७ लाख रुपैयाँ जरिवाना ठहर गरेको छ। 
 
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन गाविसको रकम हिनामिना गरेको आज ठहर गरेको हो। 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई सिरहाको राजपुर गाविसमा आव २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फको आम्दानीमा हिनामिना गरेको आरोप लगाउँदै २०७८ फागुन २७ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। 
 
घिमिरेले सामाजिक सुरक्षा भत्तामा २०७२/०७३ को दोस्रो किस्ताको रकम बैङ्कबाट झिकी वितरण नगरेको, कुनै स्रेस्ता बिल भरपाई नराखी खरिद आदेश, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरूमा हिनामिना गरेको अख्तियारको ठहर थियो।



अर्को समाचार
सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर
०१ माघ २०८०
•
२ मिनेट पाठ
सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर
सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालत काठमाडौँले चौधरीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको हो।




विशेषका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले आइतबार भ्रष्टाचार मुद्दामा दोषी ठहराएको हो। कसुर ठहर भएका उनलाई माघ १५ मा सजाय तोक्ने आदेश भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय मोरङमा कार्यरत रहँदा पदीय मर्यादा विपरीत सडकका विभिन्न आयोजनामा ठेकेदारहरूसँग मिलेर गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले २०७७ साल फागुन ५ मा अख्तियारले चौधरीलाई बिगो ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ साथै जरिवाना र कैद सजायसमेत हुन माग दाबी गरेको थियो।

चौधरीले घर घडेरी, बैंकमासमेत रकम जम्मा गरेको भन्ने उजुरी परेको थियो। अख्तियारले अनुसन्धान गरी जितेन्द्रकुमार चौधरी र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा घर जग्गा खरिद गरेको भेटिएको थियो।

साथै गैर कानुनी रूपमा आर्जन गरेको बिगो बराबरको श्रीमती, छोरा र उनको नाममा राखिएको सम्पत्तिबाट असुल उपर गर्न अख्तियारको माग रहेको थियो।

चौधरीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरेको, स्रोत नखुल्ने सम्पत्ति, उनकी पत्नी किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको नाममा समेत रहेको अख्तियारको दाबी थियो। 

साथसाथै बिगो जफत गर्ने प्रयोजनार्थ उनकी पत्नी र छोरालाईसमेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरी आरोपपत्र दर्ता भएको थियो।

त्यसैगरी, जितेन्द्रकुमार चौधरीकै अर्को एउटा भ्रष्टाचार मुद्दामा भने विशेष अदालतले सफाइ दिएको छ। सडक डिभिजन कार्यालय विराटनगरमा प्रमुख पदमा रहँदा भूमि इन्फ्रास्ट्रक्च्चर प्रालिसँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्दा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो। अख्तियारले ३५ लाख रुपैयाँ गैर कानुनी तवरले कमिसनको नाममा घुस लिई श्रीमतीको खातामा जम्मा लगाई भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो। त्यो आरोप गलत साबित भएर उनले सफाइ पाएका छन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस