दोस्रो नेपाल चरा उत्सव आउँदो साता
१९ माघ २०८०
•
२ मिनेट पाठ
दोस्रो नेपाल चरा उत्सव आउँदो साता
दोस्रो नेपाल चरा उत्सव माघ २६ देखि २८ सम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ। चरा तथा तिनको वासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो। 
तीन दिनसम्म कावासोती नगरपालिका १३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए। नेपालमा सन् २०१८ मा पहिलोपटक चरा उत्सव भएको थियो। पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो। उक्त उत्सवमा पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो। कोभिड १९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको उनले बताए। 
उत्सवमा जैविक विविधताका क्षेत्रमा काम गर्ने ३९ संघसंस्थाका प्रतिनिधि, भारत, भूटान, श्रीलंका, मलेसिया, हङकङ, सिंगापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायतलगायत देशबाट प्रतिनिधिको सहभागिता रहने ‘वल्र्ड एजुकेसन सोसाइटी’ का अध्यक्ष टीकाराम गिरीले बताए। उत्सवमा पक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षीकला प्रतियोगिता, पक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जंगल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी सँगोष्ठी, कक्ष प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविरलगायत गतिविधि गरिने छ।
नेपालमा आठ सय ९४ प्रजातिका पक्षी पाइन्छन्। नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चरा पाइन्छन्। नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा पाइने गरेकामा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ३९ प्रजातिका चरा पाइन्छन्। पोखरा पक्षी समाजको आयोजना, जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेसन सोसाइटीको सहआयोजनामा चरा उत्सव सञ्चालन गर्न लागिएको हो। उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण संघले समन्वय गरेका छन्। –रासस 


अर्को समाचार
क्यान्सरविरुद्ध जनचेतना जगाउन ‘आशा क्लोज द केयर ग्याप’ हुँदै
१९ माघ २०८०
•
२ मिनेट पाठ
क्यान्सरविरुद्ध जनचेतना जगाउन ‘आशा क्लोज द केयर ग्याप’ हुँदै
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी क्यान्सरविरुद्धको कार्यक्रमबारे जानकारी दिँदै विराट क्यान्सर इन्स्टिच्युटका पदाधिकारी। तस्बिर : नागरिक
क्यान्सरविरुद्ध जनचेतना फैलाउने र क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले मोरङको बुढीगंगामा ‘आशा क्लोज द केयर ग्याप’ सञ्चालन गरिने भएको छ।




विश्व क्यान्सर दिवसका अवसरमा मोरङको बुढीगंगास्थित रेवन्त रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सरविरुद्धको सचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ सञ्चालन गर्न लागेको हो।

माघ २१ गते विश्व क्यान्सर दिवसका अवसरमा १५ वटाभन्दा बढी जनचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम आयोजना गरिने आयोजक विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ।

क्यान्सरका बिरामीको उपचारमा पहुँचको दूरी घटाउँदै लैजाने संकल्पसहित रोगीको उपचार सहयोगार्थसमेत कार्यक्रम गर्न लागिएको विराट क्यान्सर इन्स्टिच्युटकी सिइओ डा. निकिता कार्कीले जानकारी दिए। ‘आशा क्लोज द केयर ग्याप अर्थात् क्यान्सरको उपचार पहुँचको दूरी बन्द गरौँ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागेका छौं’, डा.  कार्कीले भने।

स्कुल र्‍याली, साइकल र्‍याली, स्कुटर र्‍याली, कार र्‍याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरूको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञद्वारा जनचेतनासम्बन्धी प्रस्तुति, स्कुलका विद्यार्थी बालबालिकाद्वारा प्रतिभा प्रस्तुति, सांगीतिक कार्यक्रम जस्ता विभिन्न सचेतनामूलक कार्यक्रम हुने डा. कार्कीले जानकारी दिए।

कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीलाई दिने निर्णय गरिएको डा. कार्कीले बताए। क्यान्सरसँग लडिरहेका तर उपचारका लागि खर्च अभाव भएका बिरामीको उपचारमा सहयोग गर्न सचेततामूलक कार्यक्रमबाट संकलन भएको रकम खर्च गरिने डा. कार्कीकाे भनाइ थियाे।

उनका अनुसार संकलन भएको रकम अस्पतालमा उपचाररत १५ जना क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिने छ। ‘कार्यक्रमका लागि हालसम्म ६५ जनाको स्पोन्सर आएको र हालसम्म ६५ लाख रुपैयाँ संकलन भइसकेको छ’, उनले भने।

पाँचजनामध्ये एकजनालाई कुनै न कुनै किसिमको क्यान्सर लाग्ने गरेको र तीमध्ये एकजनाको मृत्यु हुने गरेको डा. कार्कीले बताए। उनका अनुसार संसारमा एक करोड मानिसलाई क्यान्सर छ।

क्यान्सरको रोकथाम र नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्न लागिएको डा. कार्कीले सुनाए। उनले भने, ‘क्यान्सर रोग लागे पनि जित्न सकिन्छ भन्ने बुझाउन कार्यक्रम गरिएको हो।’

कार्यक्रममा रोटरी क्लब, राउन टेबल, स्टन मोर्डसलगायतका विभिन्न संघसंस्थासँग सहकार्य गरिएको छ। कार्यक्रममा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी हुने आयोजक विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस