भ्वाङै कुरेर किन बस्छन् सरोकारवाला निकाय? प्वाल सानो छदै किन टाल्दैनन्?
१८ माघ २०८०
•
४ मिनेट पाठ
भ्वाङै कुरेर किन बस्छन् सरोकारवाला निकाय? प्वाल सानो छदै किन टाल्दैनन्?
ललितपुरको झम्सीखेल चोकमा सडक भित्रबाट खानेपानी रसाएर परेको भ्वाङ (दायाँ) र काठमाडौँको बागदरबारस्थित महानगरपालिकाको पुरानो भवन छेउको सडकमा जमेको पानी (बायाँ)। तस्बिरः उपेन्द्र।
सरकारी निकायको एक आपसमा समन्वय नहुँदा सर्वसाधारणले कति दुख पाउँछन् भन्ने नमुना ललितपुरको झम्सीखेल चोकमा देखिन्छ। व्यस्त चोकमा पानी रसाएर मूल सडकमा भ्वाङ पर्दा पनि त्यसको समाधानतर्फ नगई एकले अर्कालाई दोष दिँदै पन्छिने प्रवृत्ति देखिएको छ।




सडक विभागले खानेपानीलाई, खानेपानीले नगरपालिकालाई, अनि नगरपालिकाले विद्युत् र दूरसञ्चारलाई  दोष दिँदै पन्छिने गरेका छन्।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई पुरानो पाइपको नेटवर्कबाट पानी गएकाले समस्या आएको बताउँछन्। यसमा खानेपानी कार्यालयको मात्र नभई अन्यका कारण पनि समस्या आएको उनी सुनाउँछन्।

‘पानीको चाप बढ्दै गर्दा पुरानो नेटवर्कबाट लिकेज हुन थालेको पनि हो,’ उनी भन्छन्, ‘त्यस्तै नगरपालिका तथा दूरसञ्चारले ख्याल नगरी सडक खन्दा पनि पाइप ड्यामेज हुने गरेको छ।’ यति हुँदाहुँदै पनि  लिकेज भएका ठाउँको समस्या समाधान गर्न  आफूहरू तयार रहेको उनले बताए।

झम्सीखेल चोकको भ्वाङ एउटा उदाहरण मात्र हो। एकले अर्कोलाई पन्छाउँदै जाँदा उपत्यकामा अधिकांश सडकमा यस्ता भ्वाङहरू देखिन्छन्। सुरुमै निदान गर्न सकिने यी भ्वाङहरू बढ्दै गएर भयङ्कर दुर्घटना समेत निम्ताउने गरेको छ। तर यी भ्वाङहरू कसले टाल्ने भन्ने कुरामा अझै पनि अन्योल छ।

‘पानी लिकेज भएका कारण चोकमा जाम हुनुका सार्थ दुर्घटना पनि हुने गरेको छ,’ झम्सीखेल चोककी महिमा क्षेत्री भन्छिन्, ‘वर्षीदेखिको यो समस्या समाधानको लागि कोही अगाडी बढेको देखिँदैन।’

सडक भत्केपछि पिच चाहिँ गर्ने तर सडक भित्रबाट पानी लिकेज हुने समस्या समाधानमा पहल नगरेका कारण हरेक वर्ष एउटै समस्या बल्झिरहेको उनले सुनाइन्।

सडक विभागका प्रवक्ता रामहरि पोखरेल  उपत्यकामा रहेका २५ सय किलोमिटर मध्ये झम्सीखेल क्षेत्रको सडक आफ्नोमा पर्ने नपर्ने यकिन नभएको सुनाउँछन्। ‘त्यो चोकको समस्या सडकको हो कि अन्य निकायको हो बुझ्नु पर्छ,’ उनले भने, ‘सबैको जिम्मा सडक विभागले मात्र  लिन सक्दैन।’

ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन खानेपानीको पाइप लिकेज हुँदा समस्या आएको अनि वडाले समाधानको लागि पहल गरेको सुनाउँछन्।

‘६ मिटर भन्दा बढी चौडाइ भएकाले यो सडक विभागले हेर्नु पर्ने सडक हो,’ उनी भन्छन्, ‘तर आफ्नो वार्डमा रहेकाले समाधानमा हामीले पनि पहल चालेका छौ।’

समस्या ललितपुरको मात्र हैन। बु्रमर लगाएर सफा बनाउँदै गएको काठमाडौँ महानगरपालिकाको पुरानो भवन अगाडी मूल सडकमा पनि पानी जमेर भ्वाङ पर्दैछ। तर यस तर्फ पनि कसैको ध्यान गएको छैन। खानेपानी, दूरसञ्चार, विद्युत सवैले आ–आफ्नै ढङ्गले काम गर्दा समस्या झनै बल्झने गरेको छ।

यसरी सरोकारवाल निकायबिच समन्वय नहुँदा समस्या भएको आवाज उठ्दै गर्दा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहँदा एक वर्ष अगाडि  यो समस्या समाधानका लागि पहल थालेका पनि थिए।

मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायहरूले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उनले समस्या समाधानका लागि पहल थालेका थिए।

त्यति बेला श्रेष्ठले समस्या समाधानका लागि सडक विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, मेलम्ची खानेपानी आयोजनाका निर्देशक काठमाडौँ उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक, नेपाल दूरसञ्चार संस्थानकी उपमहा निर्देशक लगायतलाई राखेर एक आपसमा  समन्वय गरेर अघि निर्देशन समेत दिएका थिए। उनी अर्को मन्त्रालयमा सरुवा भएसँगै त्यो निर्देशनको सरुवा भएको देखिन्छ। अर्थात् त्यसको प्रभावकारिता गुमेको छ।

‘अव त पिच गरेको भोलिपल्टै विद्युत प्राधिकरणले भूमिगत तार बिछ्याउने योजना भन्दै सडक खनेको पनि देखियो,’ कागेश्वरी–मनोहरा नगरपालिकाका राजाराम  अर्याल भन्छन्, ‘चिल्लो सडकमा प्राधिकरणले खन्दा स्थानीयले अमिलो मन बनाए।

सडक विज्ञ आशिष् गजुरेल सरकारी निकायहरूबिच नै समन्वय अभावले सडक भत्किरहने समस्या रहेकाले समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्ने बताउँछन्।

‘यो समस्या सडक भ्वाङ पर्न सक्नुसँग मात्रा जोडिएको छैन,’ उनी भन्छन्, ‘यो  दुर्घटनाको मुख्य कारण पनि हो।’ 

एकीकृत निर्माण प्रणाली नहुँदा एउटाले खन्ने अर्कोले बिगार्ने प्रवृत्ति बढिरहेको उनी बताउँछन्। ‘अन्ततः यी सबैको नतिजा मानव जीवनले चुकाउनु पर्ने छ,’ उनी भन्छन्, ‘यसमा बेलैमा सम्बन्धित निकायको ध्यान जानु पर्छ।

उनले भनेजस्तै सडकमा भएका भ्वाङका कारण बर्सेनि धेरैले ज्यान गुमाउनु परेको छ। मान्छे  मरेपछि त्यो भ्वाङ चाहिँ टाल्ने अरू यत्तिकै छाड्ने प्रवृत्तिले सर्वसाधारण दिक्क छन्।

उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्य पनि सडकमा रहेका भ्वाङ दुर्घटनाका कारण रहेको बताउँछन्। ‘यस्ता भ्वाङहरूले ट्राफिक व्यवस्थापनमा चुनौती ल्याउनुको साथै दुर्घटना पनि बढाएको छ,’ उनी भन्छन्, ‘सर्वसाधारणको जीवन सुरक्षाको लागि पनि यस्ता भ्वाङहरू सरोकारवाला निकायले चाडै टाल्नु जरुरी छ।’ 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४० मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस