उदयपुरको गाईघाट बजारक्षेत्रको सडक स्तरोन्नति गर्न विश्व बैंकले एक अर्ब रूपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ। सदरमुकाम र जिल्लाकै जेठो स्थानीय तह रहेको त्रियुगा नगरपालिकाको बजारक्षेत्रका विभिन्न सडक आधुनिक र सुविधा सम्पन्न हुनेगरी स्तरोन्नति गर्न उक्त सहुलियत ऋण प्रदान गर्न लागेको हो।
विश्व बैंकले नेपाली एक अर्ब रूपैयाँ लगानी गर्ने त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले बताए। उनका अनुसार विश्व बैंकले दिने ७८ लाख अमेरिकी डलर अर्थात् एक अर्ब रूपैयाँले गाईघाट बजारक्षेत्र समेटिएको वडा नम्बर ११, गाईघाट बजारसँग जोडिएका १०, १२ र १३ वडाका आन्तरिक सडक स्तरोन्नतिसहित कालोपत्रे गरिनेछ।
सो सहयोग रकमबाट विभिन्न ९ वटा योजनाअन्तर्गत १४.५ किलोमिटर सडक आधुनिक प्रविधिमा कालोपत्रे गर्नेगरी नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाइसकेको मेयर बस्नेतले बताए। विश्वका विभिन्न देशमा भौतिक विकास गर्ने नीतिअन्तर्गत यो सहयोग त्रियुगालाई प्राप्त भएको बस्नेतको भनाइ छ। तत्कालीन जिल्ला विकास समितिले गरेको साविक गाईघाट टाउन प्लानिङ क्षेत्र र त्रियुगा करिडोरका विभिन्न सडकको स्तरोन्नति हुनेछ। जसअनुसार पिपलचोक–सिमलटार सडक, बाबारानी–डिएम गेट, पिजी चोक–फुलचोक–बोटेटोल शिवालयटोल–करमगाछी, प्रगतिटोल–साकेलाटोल, सगरमाथा कृषि बजार पश्चिम–जनप्रेमीटोल–बिसनपुर त्रियुगा करिडोर खण्डका सडक निर्माण तथा कालोपत्रे गरिनेछ ।
यो आयोजना सञ्चालन गर्न ३ वर्षअघि नै विश्व बैंकले नेपाल सरकार, सहरी विकास मन्त्रालयमार्फत त्रियुगालाई सहमति दिएको थियो। ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम (युजिआइआइपी)’ अन्तर्गत नगरपालिकासँग गरेको सहमति विभिन्न आवश्यक कानुनी प्रक्रिया पूरा गर्र्ने क्रममा अहिलेसम्म लागेको हो। नगरपालिकाका चारवटा वडाका ९ वटा सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी भर्खरै ठेक्का प्रक्रिया अघि बढेको र माघ पहिलो साता टेन्डर आह्वान भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताए। उनका अनुसार ठेक्कासम्झौता भएलगत्तै भटाभट काम सुुरु गरिहाल्ने योजना छ।
नेपाल सरकारको निर्णयअनुसार विश्व बैंकको सहयोगमा ७ प्रदेशका ३३ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गरिनेछ। ती सबै आयोजना सञ्चालन गर्न विश्व बैंकले नेपाललाई १ अर्ब ५० करोड अमेरिकी डलर (करिब २ खर्ब रूपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको मन्त्रालयले जनाएको छ।
विश्व बैंकको लगानीमा बन्ने सडक ‘डबल लेन’ र ‘स्ट्रिट लाइट’सहित अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा बन्नेछन्। अन्तर्राष्ट्रिय स्तरको सुविधा उपलब्ध सडक निर्माणले भर्खरै निर्माण सम्पन्न भएका मदन भण्डारी लोकमार्ग र सगरमाथा लोकमार्गसँग बजारलाई जोड्ने गाईघाट बजारको शोभा निकै बढ्ने अपेक्षा गरिएको छ। यसअघि धरानदेखि चतरा, रामपुर, बेलटार, गाईघाट, कटारी हुँदै सिन्धुलीसम्म जोड्ने मदन भण्डारी लोकमार्ग अस्फाल्ट प्रविधिको निर्माण भएर सञ्चालनमा आइसकेको छ। त्यसैग्री गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट बजारको आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्म पनि अस्फाल्ट प्रविधिकै कालोपत्रे सडक बनिसकेको छ।
विश्व बैंकको सहयोगमा बन्ने डबल लेनका सडकले गाईघाट बजार क्षेत्रको महŒवलाई पूर्णता दिने आशा पलाएको नगरपालिकाका भौतिक पूर्वाधार विकास समिति संयोजक तथा १६ नम्बर वडाध्यक्ष मानबहादुर राई बताउँछन्। यो आयोजनाले बजार क्षेत्रलाई आपसमा जोडेर गाईघाटलाई सुविधासम्पन्न सडकको रूप दिने राईले बताए। आयोजनाको अवधि २०८२ असार ३१ गतेसम्म रहेको छ। त्यतिबेलासम्म ९ वटै सडक निर्माण कार्य पूरा भइसक्नुपर्ने सम्झौता विश्व बैंक र नगरपालिकाबीच भएको छ।