विमानस्थलमा प्रहरीको ज्यादती बढेको र कर्मचारीलाई कुटपिट गरेको भन्दै अध्यागमन कार्यालयका कर्मचारीले कालो पट्टी बाँधेर काम गरिरहेका छन्।
सुरक्षा जाँचमा कर्मचारीको गल्ती भयो होला तर कर्मचारीले हात नै नहाली प्रहरीले हात हालेको र उल्टै कर्मचारीले हात हालेपछि प्रहरीले प्रतिरक्षा गरेको भनेर गलत प्रचारबाजी गरेको भन्दै कर्मचारीले कालो पट्टी बाँधेर काम गरेका हुन्।
‘कुनै एक जनाले गल्ती गरेमा कानुन अनुसार कारबाही गर्न–गराउन कर्मचारी सधैँ तयार छन् तर सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले हुल बाँधेर कुटपिट गर्ने, कार्यालय प्रमुखमाथि नै हातपात गर्ने विषय गम्भीर रहेको छ’, विमानस्थल अध्यागमन कार्यालयका एक कर्मचारीले भने।
शुक्रबार अपराह्न १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा प्रहरी जवान रविरञ्जन गूप्ता र अध्यागमन अधिकृत छाया मोक्तानबीच भएको घट्नाले विमानस्थलको वातावरण नै असहज भएको र अहिले कर्मचारीहरुले विरोध स्वरुप कालो पट्टी बाँधेर कार्य गरिरहेका छन्।
अध्यागमन अधिकृत मोक्तान प्रहरीको जाँच गर्ने घेराबाट यात्रु प्रतीक्षालयतिर जान खोजेकाे र प्रहरी जवान रविरञ्जन गुप्ताले मोक्तानको पनि शरीर जाँच गर्न खोजेपछि लफडा उत्पन्न भएको थियो।
प्रहरी जवानले अध्यागमन कर्मचारीमाथि हातपात गरेको थाह पाएपछि अध्यागमन कार्यालय प्रमुख गोगन हमालसहितका अधिकारी प्रहरीको सीसी क्यामेरा हेर्नेक्रममा उनीमाथि पनि दुर्व्यवहार भएको थियो।
‘अहिले छानबिन चलिरहेको छ, आज छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमसहितको टोलीले अनुसन्धान गरिरहेको छ, त्यतिन्जेल कालोपट्टिमा काम गर्ने हो’, ती कर्मचारीले भने।