सरकारले गठन गरेको डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुल भुक्तानी सम्बन्धी विवाद छानबिन गर्न बनेको आयोगका अध्यक्षले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आयोगका अध्यक्ष गिरिशचन्द्र लाललाई सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल बक्यौता विवादबारे छानबिन गर्न समिति गठन गरेको छ। पुस २४ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
उद्योग र ऊर्जा मन्त्रालयका सहसचिव सदस्य रहने समितिले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्नेछ। छानबिन पछि समितिले सरकारलाई निश्चित रायसहितको प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनको आधारमा सरकारले यसबारे थप निर्णय गर्ने बताइएको छ।