जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई सहज रुपमा खान खुवाउनका ‘डाइनिङ टेबल’ को व्यवस्था गरिएको छ। योसँगै विभिन्न अपराध अनुसन्धानका क्रममा पक्राउ परी हिरासतमा रहेका थुनुवाले सहजसँग खानाखान पाउने भएका छन्।
यसअघि थुनुवाहरूले हिरासतभित्र भुईँमा बसेर खाना, खाजा खानु पर्ने बाध्यता रहेको थियो। अब उनीहरुले भुईँमा नबसी ‘डाइनिङ टेबुल’ मा बसेर सहज रुपमा खान पाउने भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।
उनले थुनुवालाई लक्षित गरेर हिरासत कक्ष परिसरमै पहिलो पटक ‘डाइनिङ टेबुल’ को व्यवस्था गरिएकाे सुनाए। एसपी पोखरेलले पनि थुनुवाहरूसँगै ‘डाइनिङ टेबुल’ मा सामूहिक रूपमा बसेर खाना खाएर उद्घाटन गरेका थिए।
हिरासत परिसरमा ‘डाइनिङ टेबुल’ राखिएपछि थुनुवालाई खानपिनका लागि सहज भएको बताउँदै, एसपी पोखरेलले भने, ‘उनीहरुले निक्कै सहज महसुस गर्दै खाना खाए। थुनुवालाई खाना र खाजा खुवाउन समस्या हुन्थ्यो। हिरासतभित्रै खानुपर्ने बाध्यता रहँदै आएको थियो।’
थुनुवाको मानवअधिकारको पूर्ण सम्मान गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई व्यवहारमा रूपान्तरण गर्ने अभियान अन्तर्गत हिरासत परिसरमा ‘डाइनिङ टेबुल’ को व्यवस्था गरिएको हो।
थुनुवाहरुलाई मानव अधिकारमैत्री व्यवहार गर्नुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा लागू गर्न नौलो अभ्यास गरिएको एसपी पोखरेलले बताए। सुविधा सम्पन्न रहेको मोरङ प्रहरीको हिरासत कक्ष महिला र पुरुष गरी ६० जना क्षमताको छ।