लामो समयसम्म हिमपात नहुँदा किसान खडेरी पर्ने चिन्तामा छन्। माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन् बढेको छ।
पहिलेका वर्षमा मंसिरमा नै हिमपात भएको थियो। तर यस वर्ष भने हिमपातको छाँटकाँट छैन। केही वर्ष अघि तिर यो समयमा खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। किसानमा उत्साह हुन्थ्यो, अग्ला थुम्का र डाँडा सेताम्मे देखिने गर्दथे। तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठ लाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन्।
विगतमा डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो। चारैतिर सेता हिमाल टल्किन्थे। यसपालि हिमपात नहुँदा सेता हिमाल काला पत्थरमा परिणत भएको छ। हिमपातमा कमी आउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।
‘मंसिरदेखि नै प्रायः जसो हिमपात हुन्थ्यो। अहिले त माघ महिनाको पहिलो साता पनि कटिसक्यो, तैपनि हिउँ परेन,’ पातारासी गाउँपालिका-४ विरहादुर रोकायाले भन्छन्, ‘आकाशमा अलिअलि मात्र बादल देखिन्छ । हिउँ पर्ने अझै कुनै छाँटकाँट छैन ।’
सोही वडाकी जिरा महतारा भन्छिन् ‘पहिले यतिबेला हिउँले ढाकिएको जुम्ला अहिले सुक्खा छ। अहिले हिउँ परे पो जमिनमुनि चिस्यान पुग्छ । अहिले हिउँ परेन भने खेती बाली राम्रो हुँदैन।’
पातारासी गाउँपालिका अन्तर्गतको कृषि शाखा प्रमुख रुपक बुढाले समयमा हिउँ नपर्दा खेती बाली उत्पादनमा ह्रास आउने चिन्ता व्यक्त गरे। ‘यहाँको मुख्य बाली जौँ, गहुँ र उवा हो। यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ, तब मात्र माटो भिज्छ। जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी तल जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ ।’
उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउलाई असर पर्छ। ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो। हिउँ परेमा खेती गर्न सहज हुन्छ। उत्पादन पनि बढ्छ। किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैन’ उनले भने।
स्वास्थ्य प्रतिष्ठानमा बिरामीको चाप
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर पुजन रोकायाले हिमपात नभएका कारण रुघाखोकी,भाइरल निमोनिया, दम रोगी र ज्वरोका बिरामी अत्यधिक बढेको बताए। उनी भन्छन् ‘पहिले तुलनामा प्रतिष्ठान बिरामीको चाप देखिएको छ।’
रोकायाले दिनहुँ १ सय ५० भन्दा बढी बिरामी पुग्ने गरेको सुनाए। हालसम्म हिउँ नपरेका कारण जताततै हावासँगै धुवाँ र धुलो उड्ने भएकोले सुख्खायाममा चिसोका कारण फैलन सक्ने रोगबाट सचेत रहन डाक्टर रोकायले सुझाव दिए।