काठमाडौंको रत्नपार्क र सुन्धारा क्षेत्रबाट फुटपाथ व्यवसायीहरुको सामान महानगरको प्रहरी टोलीले जफत गरेपछि व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।
आइतबार साँझ ८ बजेतिर महानगर प्रहरीले उनीहरुको समान उठाइदिए पछि आक्रोशित व्यवसायीहरू महानगर घेर्न आइपुगेका हुन्।
उनीहरुले आफ्नो सामान फिर्ता पाउनुपर्ने र बेलुको समयमा व्यापार गर्न पाउनुपर्ने माग सहित प्रदर्शन जारी राखेका छन्।
‘हामीले रत्नपार्क र सुन्धारा क्षेत्रमा व्यापार गरिरहेका थियौं। अचानक महानगर प्रहरी आएर हाम्रो सबै सामान लगिदिए। त्यही भएर हामी सबै मिलेर महानगर घेर्न आएका हौं’ सहभागी एक प्रदर्शनकारले भने।
करिब सय जनाको संख्यामा उपस्थित प्रदर्शनकारीले साँझ साढे ८ बजेदेखि महानगर अगाडि प्रदर्शन थालेका हुन्।
जीविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले बताएका छन्।