अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्व सन्ध्यामा बाँके तथा बर्दियासँग जोडिएको सीमावर्ती क्षेत्रको सुरक्षामा भारतीय पक्षले चासो व्यक्त गरेको छ।
यही माघ ८ गतेका दिन अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र माघ १२ गते (२६ जनवरी) हुन लागेको गणतन्त्र दिवस कार्यक्रमलाई मध्यनजर गर्दै भारतीय पक्षले सुरक्षा चासो राखेको हो।
भारतको बहराईच जिल्लास्थित नानपारामा शनिबार बसेको दुई देशका सुरक्षा अधिकारीको बैठक।बाँके र बर्दियाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई भारतको नानपारामा शनिबार बोलाएर बहराईच जिल्लाकी ‘डिएम’ मोनिका रानी गम्भीर चासो व्यक्त गरेकी हुन्।
सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीसँगको भेटमा उनले सुरक्षाका विभिन्न विषयमा छलफल गरिन्। त्यस क्रममा उनले भारतमा हुन लागेका दुवै कार्यक्रमका बेला सीमा क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउने विषयमा नेपालको रणनीतिक योजनाका बारेमा सुरक्षा अधिकारीसँग जिज्ञासा राखेकी थिइन्।
नेपाली पक्षको नेतृत्व गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अयोध्याको श्रीराम भूमि प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसको अवसरमा सुदृढ सुरक्षा व्यवस्था बनाई राख्न सीमावर्ती दुवै तर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने बैठकबाट निष्कर्ष निकालिएको बताए।
उक्त छलफलमा सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच, गस्ती र पेट्रोलिङ बढाउने जस्ता विषयमा गम्भीर छलफल भएको उनले सुनाए।
छलफलमा बहराईचकी डिएम मोनिकाको नेतृत्वमा भारतीय सुरक्षा अधिकारी र नेपालको तर्फबाट बाँकेका प्रजिअ पोखरेलको नेतृत्वमा बाँके तथा बर्दियाका सुरक्षा अधिकारीले सहभागी थिए।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी उपरीक्षक) सुवास चन्द्र बोहरा, बर्दियाका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सुधिर शाही, बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कबहादुर शाही र बाँकेका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) विकास श्रेष्ठ उक्त छलफलमा सहभागी भएका थिए।
छलफल पश्चात् दुवै देशका सुरक्षा अधिकारीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ र जमुनाहा नाकाको निरीक्षण पनि गरेको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...