जुम्लामा दाउरा खोज्न जाँदा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको तिला गाउँपालिका-२ लर्मी गाउँका ४० वर्षीय आसिमान रावतको मृत्यु भएको हो। जंगलमा दाउरा खोज्न गएका बेला भिरबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेशबहादुर चन्दका अनुसार शुक्रबार दिउँसो दाउरा ल्याउन भन्दै जंगल गएका रावत मृत फेला परेका थिए।
‘दाउरा ल्याउन घरबाट बिहान निस्केका रावत राति अबेरसम्म पनि नफर्किँदा स्थानीय खोजी गर्न गएका थिए,’ उनले भने ‘स्थानीयको सूचनाको आधारमा जंगलमा खोज्दै जाँदा रावत मृत फेला पारेका हुन्।’
रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने उनले बताए।