शुक्रबार मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थित गछिया खोलामा एक जना वृद्ध पुरुषको शव फेला परेको छ।
भोजपुरको भोजपुर नगरपालिका–२ घर भई सुन्दरहरैँचा–६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खोलामा डुबेको अवस्थामा मृत फेला परेको मोरङ प्रहरीमा प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार गुरुङ सब्जी लिन भनेर बिहीबार गछिया बजार आएको खुलेको छ।
बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खोजी थालेका थिए। खोजी गर्ने क्रममा खोलामा डुबेर मृत अवस्थामा शुक्रबार बिहान ८ बजेतिर शव फेला परेको थियो। सब्जी लिएर घर फर्किने क्रममा चिप्लिएर खोलामा डुबेका वृद्धको त्यहीँ मृत्यु भएको हुनसक्ने डिएसपी दाहालले बताए।
घटना शङ्कास्पद नदेखिएको बताउँदै, डिएसपी दाहालले भने, ‘शवको पोस्टमार्टम र थप अनुसन्धानबाट केही खुलेपछि मात्रै मृत्यु बारे भन्न सकिन्छ।’ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा शवको पोस्टमार्टमपछि परिवारले दाहसंस्कार गरेका छन्। घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।