राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए। उनले भने, ‘राजस्व अनुसन्धान विभागको टोलीले दुई करोड ३० लाखजति रकमसहित चारजनालाई पक्राउ गरेको छ।’
व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ। बरामद गरिएको रकम हुण्डी कारोबारको हुन सक्ने अनुमान गरिएको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए। रासस