भीड नियन्त्रणको नाममा निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै प्राणघातक हतियार प्रयोग गर्न रोक लगाउन माग गर्दे सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
विभिन्न आन्दोलनमा भीड नियन्त्रण गर्नका लागि सरकारले प्रयोग गर्ने मेटल, बुलेट वा प्राणघातक हतियार प्रतिबन्धको माग गर्दै रिट निवेदन दर्ता भएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग सम्बन्धी बुधबार रिट दर्ता गराएका हुन्। रिट निवेदनमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुँदै छ।
रिट निवेदकले जनप्रदर्शन, भीड नियन्त्रणका लागि घातक हतियार, मेटल बुलेट प्रयोगलाई प्रतिबन्ध गर्न माग गरेका छन्। ‘भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एव हिंसात्मक साधनको प्रयोगलाई वर्जित गरिपाऊँ’, निवेदनमा भनिएको छ, ‘अहिंसात्मक तरिकाबारे प्रदर्शन व्यवस्थापनमा खटिने प्रहरीलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र अनिवार्य रुपमा प्रहरीको तालिमको विषयमा समावेश गर्नुपर्ने।’
जम्मा भएका प्रदर्शनकारीलाई तितरबितर गर्न गैर घातक हतियारको प्रयोग गर्दा मानव अधिकारका आधारभूत मापदण्डहरुको प्रयोग सुनिश्चित गर्नुपर्ने रिट निवेदकको माग छ।
निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने, जीवन अपहरणमा संलग्न जो कोहीलाई गैरकानुनी आदेश दिनेलाई र आदेश कार्यान्वयन गर्नेलाई कानुनको दायरामा ल्याउन माग गरेका छन्।
‘आत्म सुरक्षाको साधन अभावले पनि अत्यधिक बलको प्रयोग हुने गरेकोले प्रहरीलाई पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट एव बुलेट प्रुफको निरन्तर आपूर्तिको व्यवस्था मिलाई पाऊ’ रिट निवेदनमा भनिएको छ, ‘रिट निवेदनको टुंगो नलागेसम्म निहत्था नागरिकमाथि प्राणघातक हतियारको प्रयोग नगर्नु नगराउनु भनी आन्तरिक आदेश जारी गरि पाउ भनी माग गरेको छु।’