मुद्दा फैसलामा ढिलाइ हुँदा काठ धोत्रिँदै
२९ पौष २०८०
•
३ मिनेट पाठ
मुद्दा फैसलामा ढिलाइ हुँदा काठ धोत्रिँदै
फाइल तस्बिर
लामो समयदेखि वन क्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन्। न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वन क्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन्।




वन क्षेत्रबाट चोरी तथा कटानका क्रममा वन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका काठ न्यायिक निकायबाट मुद्दाको छिनोफानो नहुँदा लिलामी प्रक्रियामा जान नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ। यसरी वनसम्बन्धी मुद्दा नछिनिँदा एकातर्फ बहुमूल्य काठ धोत्रिदै सड्न थालेका छन् भने सर्वसाधारणले काठ खरिद गर्न पाउनबाट वञ्चित भएका कार्यालयका प्रमुख सन्तोष झाले बताए।

‘हामीले घरायसी काम, बार तथा पर्खाल लगाउन ससाना हाँगाबिगा किन्न समेत पाएका छैनौं, यहाँ सडेर बसेको छ’, बर्दिबास २ का भोला महतोले भने, ‘समयमै बिक्री, लिलामी गरेमा काठ सदुपयोग हुने थियो। स्थानीयले आवश्यकताअनुसार खरिद गर्न पाउने थिए।’ वनसम्बद्ध मुद्दा हेर्ने न्यायिक निकायको ढिलाइले थाक लगाइएका काठ वर्षैँदेखि घामपानीले धोत्रिन थालेका उनको भनाइ थियो।

चोेरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ। चोरी निकासीका क्रममा वा चोरी कटान गरी लुकाइछिपाइ राखिएका काठ सम्बन्धी मुद्दाका कारबाही अगाडि बढाउँदा  दुई लाख बिगोभित्रका मुद्दा वन कार्यालयको इजलासले सुनुवाइ गर्ने व्यवस्था छ। दुई लाखभन्दा बढीका काठ बरामद भएका सोसम्बन्धी मुद्दा जिल्ला अदालतमा हुने कानुनी व्यवस्था रहेको कार्यालय प्रमुख झाले जानकारी दिए।

प्रमुख झाका अनुसार नियन्त्रणमा लिई कारबाही तथा मुद्दा फछ्र्यौटका क्रममा रहेका काठ वन कार्यालयअन्तर्गत रहेको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास ४ माइस्थान कार्यालय र यसक्षेत्रका चारवटा सव डिभिजन वन कार्यालय परिसरमा थाक लगाएर राखिएको छ। मुद्दा किनारा नलागी उक्त काठ बिक्री तथा लिलाम गर्न नपाइने व्यवस्थाका कारण राखिएको ठाउँमा नै धोत्रिदै गएका वनसम्बद्ध अधिकारीको भनाइ छ।

मुद्दा किनारा नलागी काठ लिलाम तथा बिक्री गर्न कानुनी प्रक्रिया नपुग्दा बरामद गरी राखिएका काठ सड्न थालेका प्रमुख झाले बताए। उनका अनुसार अहिले करिब चार हजार क्युबी फिट साखु र अन्य काठका गिड लिलामीका लागि अदालती निर्णयको पर्खाइमा छन्। लिलामीका लागि अदालती फैसला कुर्नु परेको भन्दै थन्काइएका काठको मूल्य एक करोडसम्म पर्ने वन कार्यालयका कर्मचारीको भनाइ छ।

‘चोरी कटानबाट नियन्त्रणमा लिइएका काठ लामो समयदेखि घामपानीले सड्ने र धोत्रिदै गएका छन्‘ झाले भने, ‘थाकमा रहेका काठको लिलामीका लागि अदालती फैसला कुर्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण बिक्री गर्न सकिएको छैन।’

डिभिजन वन कार्यालयमा विसं २०४८ यता हालसम्म दुई सयभन्दा बढी वन मुद्दा (काठ चोरी निकासी सम्बन्धी) रहेका डिभिजन प्रमुख झाको भनाइ थियो। उनका अनुसार यी मुद्दा दुई लाख बिगोभित्रका हुन्। यसबाहेक दुई लाखभन्दा बढी बिगोका मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेका कार्यालयले जनाएको छ।

अदालतमा मुद्दाको अत्यधिक चापका साथै मुद्दा फैसला प्रक्रियामा पुग्न नसकेका (अभियुक्तमध्ये केही फरार रहेका, साक्षी वकपत्र हुन नसकेका) ले फैसलामा ढिलाइ भएको झाले जानकारी दिए। उनका अनुसार यसबाहेक पूर्व–पश्चिम रेल मार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएका काठमध्ये साखु बिक्री भए पनि साझेदारी वन उपभोक्ता समितिको जिम्मेवारीमा रहेका काठ अझै वनमा थाक लगाएर राखिएका छन्।

पछिल्ला केही दिनयता जिल्लाका तीन साझेदारी वन उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन भएका भन्दै यसअघि नेतृत्वको नहुँदा पनि काममा ढिलाइ भएको प्रमुख झाको भनाइ थियो। ‘समितिमा केही दिनअघि मात्रै नयाँ निर्वाचित पदाधिकारीले जिम्मेवारी लिएका छन्। अब केही दिनभित्रै यसको टुङ्गो लाग्छ र डिभिजन कार्यालयले हेर्ने मुद्दाको छिनोफानो गर्ने प्रक्रिया अगाडि बढाउने छौं’, उनले भने। –रासस
अर्को समाचार
२०७६/७७ मा उदयपुर अदालतका ६ सय ५९ मुद्दा किनारा
०४ साउन २०७७
•
३ मिनेट पाठ
२०७६/७७ मा उदयपुर अदालतका ६ सय ५९ मुद्दा किनारा
उदयपुरमा आर्थिक वर्ष ०७६/७७ मा साढे ६ सयबढी मुद्दा किनारा लागेको छ । जिल्ला अदालतले सार्वजनिक गरेको ‘वार्षिक मुद्दा फर्छ्यौट विवरण’ मा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधलगायत बिबिध मुद्दाहरु द्रुतगतिमा छिनोफानो भएको उल्लेख छ । कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ११ देखि देशभर लकडाउन जारी हँदा चैत १५ गतेसम्म भएका अदालती गतिबिधिको विवरण मात्र समावेश गरिएको अदालतले जनाएको छ ।




वर्षेनी अदालतले गर्ने ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम’ अनुसार वर्षभरी सम्पादित कामकारवाहीको विवरण सार्वजानिक गर्दै मुद्दााको अवस्थाबारे जानकारी दिइएको हो । पछिल्लो केही वर्षयता बढ्दै गएको सम्बन्ध विच्छेद, जवरजस्ती करणी र लागुऔषधका मुद्दा आव ०७६/७७ मा पनि बढ्ने क्रम कायम रहेको अदालतको भनाई छ । ०७६/७७ मा सम्बन्ध विच्छेदको लगत २ सय १८ रहेकोमा १ सय ४९ फर्छ्यौट भएको छ । लागुऔषध ८३ मध्ये ५२ फर्छ्यौट हुँदा जवरजस्ती करणीका ६२ मध्ये २२ किनारा लागेको स्रेस्तेदार राजकुमार आचार्यले बताए ।  

उनका अनुसार तुलनात्मक रुपमा ३ वर्षको अवधिमा अप्रिय र असामाजिक घटनाको पारो चढ्दै गरेको अदालती तथ्यांकले देखाएको छ । ०७६/७७ को दाँजोमा गम्भीर प्रकृतिका मुद्दा बढेको ३ वर्षको आँकडाले देखाएको आचार्य बताउँछन् । आव ०७५/७६ मा सम्बन्ध विच्छेदको लगत २ सय ४१ हुँदा १ सय ७९  फर्छ्यौट भएका थिए भने लागुऔषधको ५२ मध्ये ११ र जवरजस्ती करणीका ५३ मध्ये ३५ फर्छ्यौट भएका थिए । यी प्रकृतिका मुद्दाहरु आव ०७४/७५ मा कमै थिए । सो वर्ष सम्बन्ध विच्छेदका १ सय ५८ मध्ये १ सय ३३ फर्छ्यौट भएका थिए भने लागुऔषधका ८० मध्ये २९ र जवरजस्तीका ५२ मध्ये ३१ किनारा लागेको आचार्यले बताए ।

अदालतको त्रि–वर्षीय तथ्यांकमा घरेलु हिंसा, मानाचामल र मानव बेचविखनका मुद्दा भने सरल रेखामै रहेको देखिएको छ । ०७६/७७ मा यी प्रकृतिका मुद्दाहरु क्रमशः ९, १२ र १ वटा दर्ता भएको देखाइएको छ । जसमध्ये फर्छ्यौट संख्या क्रमशः २, ७ र १ रहेका छन् । ०७५/७६ मा यी मुद्दाहरु क्रमशः ५, १३ र १ थिए भने मानाचामलका ५ फर्छ्यौट हुँदा घरेलु हिंसा र मानव बेचविखन मुल्तवी राखिएको आँकडाले देखाएको छ । त्यस्तै आव ०७४/७५ मा घरेलु हिंसाका १० मुद्दामध्ये ४, मानाचामलका १० मध्ये ५ र मानव बेचविखनका २ मध्ये दुईवटै फर्छ्यौट भएको अदालतको तथ्यांकले देखाएको छ ।

स्रेस्तेदार आचार्यले लकडाउनका कारण लक्ष्य अनुसार मुद्दा फर्छ्यौट गर्न नपाएको बताए । उनले सम्बन्ध विच्छेदका ६९, लागु औषधका ३१ र जवरजस्तीका ४० मुद्धा चालु आर्थिक वर्षमा अल्या (सरेको) भएको बताउँदै घरेलु हिंसा, मानाचामल र मानव बेचविखनका मुद्दाहरु क्रमशः २ र ७ वटा अल्या भएको जानकारी दिए । यसरी जम्मा मुद्दा १ सय १९ मुद्दा चालु वर्ष सरिआएको आचार्यले बताए । जसमा बालबालिकातर्फ अघिल्लो वर्षको २३ सहित ६३ मध्ये ३० वटा फर्छ्यौट भएर बाँकी ३३ वटा अल्या भएको छ ।

दुई बेन्च रहेको जिल्ला अदालतमा न्यायाधीशद्वय दीपक खनाल र मनोज केसीलाई प्रतिबेन्च ५ सय ७८ वटाको अनुपातमा फैसला गर्ने जिम्मेबारी परेको अदालतले जनाएको छ । अदाललतले ६४ प्रतिशत फर्छ्यौटको वार्षिक लक्ष्य राखेकोमा ५७ प्रतिशत मात्र पुगेको जनाएको छ । चैत ११ देखि जारी लकडाउन ४ महिनासम्म कायमै रहँदा लक्ष्य चुम्न नसकेको आचार्यले बताए । अदालतका अनुसार ८ सय १६ मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्यलाई कोरोनाले ६ सय ५९ मा सीमित गरेको हो ।

लकडाउनका बेला पनि ८५ वटा मुद्दा दर्ता भएको र जसमध्ये ११ को फैैसला भएको छ । लकडाउन अवधिमा जवरजस्ती करणी २१, लागु औषध २३ र ठगीका १० मुद्धा दर्ता भएको अदालतले जनाएको छ । ०७६/७७ मा नयाँ ७ सय ९८ र अघिल्लो वर्षदेखि सरिआएका ३ सय ५८ गरी १ हजार १ सय ५६ मुद्दा दर्ता भएको अदालतको तथ्यांकले देखाएको छ ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस