दाङको भालुबाङमा भएको यात्रुवाहक बस दुर्घटनामा नेपालगन्जकी सफल उद्यमी कुसुम बस्नेतको निधन भएको छ।
महिला उद्यमी संघ नेपाल बाँकेका पूर्व अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य ६० वर्षीय बस्नेत शुक्रबार काठमाडौं जाने क्रममा दुर्घटनामा परेकी हुन्।
बस्नेतले नेपालगन्जमा लामो समयदेखी छापाखाना लगायत व्यवसाय सञ्चालन गर्दै आएकी थिइन्। सफल महिला उद्यमी बस्नेतको निधनले ठुलो क्षति पुगेको नेपालगन्जका उद्योगी, व्यवसायीले बताएका छन्।
नेपालगन्जदेखि काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर शुक्रबार राती दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ।
पूर्व अध्यक्ष बस्नेतको निधनले अपूरणीय क्षति पुगेको महिला उद्यमी महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुलीले बताइन। ‘उहाँ सफल महिला उद्यमी हुनुहुन्थ्यो, उहाँको निधनले महिला उद्यमी महासंघमा ठुलो क्षति पुगेको छ,’ शर्माले नागरिक न्युजसँग भनिन।
स्वर्गीय बस्नेतले महिलाहरुलाई उद्यम, व्यवसाय क्षेत्रमा लाग्न प्रेरित गर्ने गरेकी थिइन। उनको प्रेरणाले धेरै महिलाहरू उद्यम क्षेत्रमा लागेका थिए।
पूर्व अध्यक्ष बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै नेपालगन्जमा जारी लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनीमा शनिबार (आज) गर्न लागिएको सम्मान कार्यक्रम स्थगित गरिएको उनले बताइन।