तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको को जिप दुर्घटना हुँदा त्यसमा सवार १२ जना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारको लागी पठाइएकोमा घाइतेहरू मध्ये जिपमा सवार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो।
सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए।
अन्य दश घाइतेहरुको उपचार भइरहेको छ। घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।