बाल सुधार गृहको व्यवस्थापनमा चुनौती
१९ पौष २०८०
•
३ मिनेट पाठ
बाल सुधार गृहको व्यवस्थापनमा चुनौती
नौबस्तामा सञ्चालित बाल सुधार गृह। तस्विरः नागरिक
बाँके जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याईंकर्ता (बालबन्दी) हरुलाई कारागार चलान नगरी बाल सुधार गृहमै राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको हो।




बाँकेमा जयेन्तु बाल सुधार गृह र तीन हजार क्षमताको नौबस्ता बाल सुधार गृह सञ्चालनमा छन्। अहिले यी दुई बाल सुधार गृहलाई उनीहरूको व्यवस्थापनमा सुरक्षा चुनौती बढेको छ। जयेन्तु बाल सुधार गृहमा बेलाबेला झडप हुँदै आएको छ। झडपमा मानवीयसँगै ठूलो धनजनको समेत क्षति भएको छ। त्यस्तै उद्घाटन अगावै सञ्चालनमा रहेको नौबस्ता बाल सुधार गृहमा पनि उस्तै प्रवृत्ति देखिएको छ। शुक्रवार (पुस १३ गते) देखि सोमबारसम्म यहाँको अवस्था तनावग्रस्त रह्यो। सुरक्षा अधिकारीहरूका अनुसार यहाँ रहेका एक सय १६ जनामध्ये केही बालबिज्याईंकर्ताहरु फरार भएका छन्।

यहाँ झडपको अवस्था सिर्जना हुनुको मुख्य कारण, ‘बाल सुधार गृहका बालबिज्याईंकर्ताहरु दुई समूहमा विभाजित हुनु हो।’ उनीहरु समूहमा विभाजित हुँदा एक समूहले अर्को समूहलाई दबाउन खोज्दा झडपको अवस्था सिर्जना हुँदै आएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याईंकर्ताहरुलाई पनि बाल सुधार गृहमा राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक श्रवणकुमार पोखरेलले जनाए।  

‘बाल सुधार गृहको व्यवस्थापन  चुनौतीपूर्ण हुँदै गइरहेको छ। १८ वर्षभन्दा कम उमेर भएकाबाट हुने कानुन विपरीतको कार्यलाई अपराध नभनी बिज्यांई भन्ने गरिन्छ र त्यस्तो बिज्यांई गर्ने व्यक्तिलाई बाल बिज्यांईकर्ता भनिन्छ,’ उनले भने, ‘अनि त्यस्ता बालबिज्याईंकर्तालाई  थुनामा राखिने स्थानलाई बाल सुधार गृह भनिन्छ। तर बाल सुधार गृहमा १८ वर्ष उमेर कटिसकेकालाई पनि राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुन्छ।’ बाँकेमा आफ्नै साथीहरूबाट एक जनाको मृत्युसमेत भएको र अर्को १८ वर्षमाथिका बिज्याईंकर्ताहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको नौबस्ता बाल सुधार गृहमा बेलाबेलामा झडप हुने गरेको उनको भनाइ छ।
झडपपछि बाल सुधार गृहमा स्वच्छ खानेपानी, उपचारको व्यवस्था, शिक्षा, सीप विकास, मनोरञ्जनजस्ता माग सम्बोधन हुने सहमति हुन्छ। तर, यहीभित्रका बालबिज्याईंकर्ताहरु बिच झडप हुँदा यो मागसँग कुनै साइनो हुँदैन। बालबिज्याईंकर्ताहरुले भने सुधार गृहमा व्यवस्थापकीय पक्ष कमजोर भएको बताएका छन्। ‘स्वच्छ खानेपानी खान पाएका छैनौँ। खाना पनि त्यति राम्रो हुँदैन,’ एक जना बालबिज्याईंकर्ताले भने, ‘बाल सुधार गृह पनि कारागार जस्तो छ। आफन्त भेट्न पनि काँडे तारले छेकिन्छ।’ बाल सुधार गृह नाम मात्रको भएकाले यसलाई सहीरुपले व्यवस्थापन गर्नुपर्ने बालबिज्याईंकर्ताहरुले बताएका छन्। बाल सुधार गृहमा चुस्त दुरुस्त व्यवस्थापन नभएको बाल अधिकारकर्मी साहिल अन्सारीले जनाए। ‘सुधार गृहमा राखिएका बालबिज्याईंकर्ताहरुलाई सुधार हुने खालका गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘बालबिज्याईंकर्ताहरुको शिक्षा, सीपमूलक कार्य तथा उत्पादन, खेलकुद लगायतका क्रियाकलाप गर्नुपर्छ। जसले गर्दा उनीहरूमा सकारात्मक सोच विकास हुन्छ।’ उनीहरूलाई सुधार गृहमा कोचाकोच गरेर राख्दा उनीहरूको सोच आपराधिक गतिविधितिर जाने भन्दै उनले भने, ‘सुधार गृहमा रहेका बालबिज्याईंकर्तालाई सुधार्ने हो।  आपराधिक  क्रियाकलापतिर ढकेल्ने होइन।’

बाल सुधार गृहमा व्यवस्थापनमा चुनौती हुँदा यहाँका बालबिज्याईंकर्ताहरु कुलतमा फस्ने बढी सम्भावना भएको आफन्तहरु बताउँछन्। ‘सुधार गृहमा सुध्रिएला भन्ने ठूलो आशा थियो,’ बालबिज्याईंकर्ताकी एक आफन्तले भनिन्, ‘तर सुधार गृहमा समूहगत झडप हुँदा आफन्त सुध्रिने त परकै कुरा हो उनीहरूको सुरक्षाको कुरामा चिन्ता लागिरहेको छ।’ बाल सुधार गृहमा रहेका बालबिज्याईंकर्ताहरुलाई सुध्रिने खालका गतिविधि गर्नु पर्ने उनको भनाइ छ।
अर्को समाचार
बाल सुधार गृहमा सुरक्षा चुनौती
२९ माघ २०८०
•
३ मिनेट पाठ
बाल सुधार गृहमा सुरक्षा चुनौती
नौबस्तामा सञ्चालित बालसुधार गृह। तस्बिर: नागरिक
जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्ता (बालबन्दी) हरूलाई कारागार चलान नगरि बालसुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको हो।




बाँकेमा जयेन्तु बाल सुधार गृह र तीन हजार क्षमताको नौबस्ता बाल सुधार गृह सञ्चालनमा छन्।  जयेन्तु बाल सुधार गृहमा बेलाबेला झडप हुँदै आएको छ। झडपमा मानवीयसँगै ठूलो धनजनको समेत क्षति भएको छ।

त्यस्तै उद्घाटनअघि नै सञ्चालनमा रहेको नौबस्ता बाल सुधार गृहमा पनि उस्तै प्रवृत्ति देखिएको छ। पुस १३ गतेदेखि सोमबारसम्म यहाँको अवस्था तनावग्रस्त रह्यो। सुरक्षा अधिकारीहरूका अनुसार यहाँ रहेका एक सय १६ जनामध्ये केही बालबिज्याईंकर्ताहरू फरार भएका छन्।

यहाँ झडपको अवस्था सिर्जना हुनुको मुख्य कारण, ‘बाल सुधार गृहका बालबिज्याइँकर्ताहरू दुई समूहमा विभाजित हुनु हो।’ उनीहरू समूहमा विभाजित हुँदा एक समूहले अर्काे समूहलाई दबाउन खोज्दा झडपको अवस्था सिर्जना हुँदै आएको छ।

१८ वर्षभन्दा माथिका बालबिज्याइँकर्तालाई पनि बाल सुधार गृहमा राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक श्रवणकुमार पोखरेलले जनाए।

‘बाल सुधार गृहको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गइरहेको छ। १८ वर्षभन्दा कम उमेर भएकाबाट हुने कानुनविपरीतको कार्यलाई अपराध नभनी बिज्याइँ भन्ने गरिन्छ र त्यस्तो बिज्याइँ गर्ने व्यक्तिलाई बाल बिज्याइँकर्ता भनिन्छ,’ उनले भने, ‘अनि त्यस्ता बालबिज्याइँकर्तालाई थुनामा राखिने स्थानलाई बाल सुधार गृह भनिन्छ। तर बाल सुधार गृहमा १८ वर्ष उमेर कटिसकेकालाई पनि राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुन्छ।’

बाँकेमा आफ्नै साथीहरूबाट एकजनाको मृत्युसमेत भएको र अर्को १८ वर्षमाथिका बिज्याइँकर्ताहरूलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको नौबस्ता बाल सुधार गृहमा बेलाबेलामा झडप हुने गरेको उनको भनाइ छ।

झडपपछि बाल सुधार गृहमा स्वच्छ खानेपानी, उपचारको व्यवस्था, शिक्षा, सिप विकास, मनोरञ्जनजस्ता माग सम्बोधन हुने सहमति हुन्छ। तर, यहीभित्रका बालबिज्याइँकर्ताबीच झडप हुँदा यो मागसँग कुनै साइनो हुँदैन।

बालबिज्याइँकर्ताहरूले भने सुधार गृहमा व्यवस्थापकीय पक्ष कमजोर भएको बताएका छन्। ‘स्वच्छ खानेपानी खान पाएका छैनौं। खाना पनि त्यति राम्रो हुँदैन,’ एकजना बालबिज्याइँकर्ताले भने, ‘बाल सुधार गृह पनि कारागार जस्तो छ। आफन्त भेट्न पनि काँडेतारले छेकिन्छ।’

बालसुधार गृह नाम मात्रको भएकाले यसलाई सहीरूपले व्यवस्थापन गर्नुपर्ने बालबिज्याइँकर्ताहरूले बताएका छन्। बालसुधार गृहमा चुस्तदुरुस्त व्यवस्थापन नभएको बालअधिकारकर्मी साहिल अन्सारीले जनाए।

‘सुधार गृहमा राखिएका बालबिज्याईंकर्ताहरूलाई सुधार हुनेखालका गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘बालबिज्याईंकर्ताहरूको शिक्षा, सीपमूलक कार्य तथा उत्पादन, खेलकुदलगायतका क्रियाकलाप गर्नुपर्छ। जसले गर्दा उनीहरूमा सकारात्मक सोच विकास हुन्छ।’

उनीहरूलाई सुधार गृहमा कोचाकोच गरेर राख्दा उनीहरूको सोच अपराधिक गतिविधितिर जाने भन्दै उनले भने, ‘सुधार गृहमा रहेका बालबिज्याईंकर्तालाई सुधार्ने हो। अपाधिक क्रियाकलापतिर धकेल्ने होइन।’

बाल सुधार गृहमा व्यवस्थापममा चुनौती हुँदा यहाँका बालबिज्याइँकर्ताहरू कुलतमा फस्ने बढी सम्भावना भएको आफन्तहरू बताउँछन्।

‘सुधार गृहमा सुध्रिएला भन्ने ठूलो आशा थियो,’ एक आफन्तले भनिन्, ‘तर सुधार गृहमा समूहगत झडप हुँदा आफन्त सुध्रिने त परकै कुरा हो उनीहरूको सुरक्षाको कुरामा चिन्ता लागिरहेको छ।’

बालसुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई सुध्रिने खालका गतिविधि गर्नुपर्ने उनको भनाइ छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस