पछिल्ला दशकमा सुविधाको खोजी गर्दै गाउँबाट सहर र पहाडबाट तराई झर्नेकाे संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा सहरी क्षेत्रको श्रेणी क्रम वर्गीकरणको तथ्यांकले पछिल्लो दश वर्षको अवधिमा नेपालको गाउँघरमा बसोबास गर्ने जनसंख्या रित्तिँदै गइरहेको र सहरी क्षेत्रमा जनसंख्या झनै थपिँदै गइरहेको देखाएकाे हो।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले १० वर्षको अवधिमा ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएकाकाे जनसंख्या ३८.५ प्रतिशतबाट झरेर ३३.१९ प्रतिशतमा पुगेकाे बताए।
‘पछिल्लो १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको देखिन्छ,’ उनले भने‘ ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिन्छ।’
कार्यालयको अनुसार तथ्यांकले विगत १० वर्षमा सहरी क्षेत्रको जनसंख्या थपिएर व्यवस्थापन गर्न अप्ठेरो भइरहेको देखाएको छ। ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजा अनुसार जनगणना २०६८ र २०७८ को बिचमा सहरी जनसङ्ख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ प्रतिशतमा पुगेको छ।
प्रतिवेदन अनुसार शहरोन्मुख जनसङ्ख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशतमा पुगेको छ। ‘विशेषताका आधारमा शहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा रहेको देखिन्छ।’
प्रतिवेदनमा भनिएको छ ‘ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ।’