ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर दुई युवकले ज्यान गुमाएकाे घटनामा सुर्खेत र दैलेखमा आन्दोलन चलिरहेको छ। आन्दोलनको पहिलो निशाना नै सरकारी गाडी भएकाले हाल सुर्खेत र दैलेखमा सरकारी गाडी चल्न सकिरहेका छैनन्।
पूर्व निर्धारित कार्यक्रम भन्दै सरकारी गाडी पूर्णरुपमा बन्द घोषणा गरिएको छ। पिडित आफन्त तथा युवाहरूले शनिबार र आइतबार वीरेन्द्रनगर र दैलेखमा यातायात ठप्प पारेका थिए। सोमबार पनि थप कार्यक्रमहरु गरिने जनाइएको छ। श्रोतका अनुसार केही दिन सरकारी गाडी हिँडेमा असुरक्षा हुने देखिएको छ।
प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा, परिवारका सदस्यलाई रोजगारीदेखि उचित क्षतिपूर्ति समेत माग गर्दै आइतबार सुर्खेतसहित दैलेखमा सरकारी गाडी पूर्ण रुपमा बन्द आह्वान गर्दै १२ बजेदेखि १ बजेसम्म सार्वजनिक गाडीसमेत बन्द गरे।
सयौंको संख्यामा सहभागी युवाहरुले वीरेन्द्रनगरको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए। त्यस्तै दैलेख बजारमा पनि बन्द आह्वान गरिएको थियो। सरकारले माग पुरा नगरुन्जेलसम्म आफूहरूको आन्दोलन नरोकिने आन्दोलनका अगुवा नविन योगीले बताए।
आन्दोलनका कारण वीरेन्द्रनगरसहित आसपास चल्ने सवारी साधनहरु ठप्प भएका थिए। बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। साथै भौतिक मन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो।
सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको छ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। उनले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको बताइन्।
उनका अनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...