इलामको सूर्योदयमा अब दिउँसो मदिरा पिउन नपाइने
१४ पौष २०८०
•
१ मिनेट पाठ
इलामको सूर्योदयमा अब दिउँसो मदिरा पिउन नपाइने
सूर्याेदय नगरपालिकामा दिउँसो मदिरा पिउन प्रतिबन्ध गरिएको छ। १८ वर्षभन्दा मुनीका बालबालिकालाई मदिरा बेच्नसमेत निषेध गरिएको छ।




नगरको आठौं कार्यपालिका बैठकले साँझ ५ बजेअघि नगरभित्र कसैले मदिरा पिउन नपाउने मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गरेको हो। 

दिनदाहाडै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिरा बेचबिखन गर्ने गरिएको, विद्यार्थीलाई मदिरा बेच्ने गरिएको र बालबालिकामा समेत मदिराको लत बढ्न थालेको पाइएको नगरले जनाएको छ।

कार्यविधिले १८ वर्षमुनिका बालबालिकालाई मदिरा बेच्च निषेध गरेको मेयर रणबहादुर राईले बताए। ‘इजाजतबिना मदिरा बेच्न नपाइने र मदिरा खरिद–बिक्रीको बिजक अनिवार्य गरिएको छ,’ उनले भने, ‘मदिराले बाल मस्तिष्कमा ज्यादै असर गर्ने भएकाले बालबालिकालाई मदिरा बेच्न नपाइने कानुनी व्यवस्था गरिएको छ।’

मदिरा तथा सुर्तीजन्य वस्तु नियमन गर्न आउँदो नगर सभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ। 

नगरको १४ औं नगरसभा माघ १० देखि बस्दैछ। नगर सभाबाट ऐन पारित भएपछि मदिराजन्य वस्तुको नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने तयारी छ।
अर्को समाचार
सूर्योदयमा साँझ ५ बजे अघि र राति १० बजेपछि मदिरा पिउन नपाइने
१६ माघ २०८०
•
५ मिनेट पाठ
सूर्योदयमा साँझ ५ बजे अघि र राति १० बजेपछि मदिरा पिउन नपाइने
इलामको सूर्योदय नगरपालिकामा साँझ ५ बजेअघि र राति १० बजेपछि मदिरा पिउन नपाइने भएको छ। १४ औं नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेको हो। पारित ऐन सात दिनभित्र प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ।




ऐनअनुसार कुनै निजी व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको छ। र, घरेलु प्रयोजनका लागि उत्पादन गरिएको मदिरा बेच्न पाइने छैन। 

पारित ऐनअनुसार अब नगरले तोकेका ‘पर्यटकीयस्थल’ बाहेक अन्य ठाउँमा पनि तोकिएको समयभित्र मात्रै मदिरा पिउन र यसको कारोबार गर्न पाइने छ। नगरले बालबालिका, गर्भवती र सुत्केरीलाई मदिरा बेच्न, वितरण गर्न प्रतिबन्ध गरेको छ। 

कार्यालय पोसाकमा रहेका कर्मचारी, पोसाकमा रहेका विद्यार्थी र शिक्षकले भने कुनैपनि समयमा मदिरा उपभोग गर्न नपाउने भएका छन्। सार्वजनिक पद धारण गरेका व्यक्ति जो–कोहीले पनि यसरी मदिरा र सुर्तीजन्य वस्तु प्रयोग गर्न नपाउने नगरले जनाएको छ।

ऐनअनुसार होलसेल विक्रेताले बिहान १० देखि राति १० बजेसम्म, खुद्रा विक्रेताले दिनको ३ बजेदेखि राति १० बजेसम्म र बिर्को खोली विक्री गर्ने विक्रेताले साँझ ५ बजेदेखि राति १० बजेसम्ममात्रै मदिरा बेच्न पाउनेछन्। तर, कात्तिकदेखि माघसम्म साँझ ५ देखि राति ९ बजेसम्म र फागुनदेखि असोजसम्म भने साँझ ५ देखि राति १० बजेसम्मबाहेक मदिरा उपभोग गर्न नपाइने भएको छ।

हाटबजार, मेला, समारोहलगायतमा मदिरा उपभोगमा रोक लगाइएको छ। समुदायको धर्म–संस्कार, चाडपर्वलाई मात्र ध्यान दिएर सम्बन्धित पक्षबाट वडास्तरीय समितिमा अनुरोध आए सामाजिक शान्ति, सुव्यवस्था, अमनचयन नखल्बलिने, घरेलु हिंसा, सामाजिक झैंझगडा नहुने, शान्ति कायम हुनेगरी समय र सीमा तोकेर अनुमति दिने व्यवस्था गरिएको छ।

सांस्कृतिक परम्पराबाहेक विभिन्न भोज, बिहेलगायत कार्यक्रममा पनि वडास्तरीय समितिबाट मदिराको अनुमति लिने–दिने व्यवस्था छ। विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, पुस्तकालय, खेलमैदान र नगरले तोकेका स्थानमा मदिराको उपभोग गर्न र उपभोग गरेर पस्नसमेत प्रतिबन्ध गरिएको छ।

व्यक्तिले निजी उपभोगका लागि एक पटकमा पाँच लिटर रक्सी र १० लिटरसम्ममात्र जाँड उत्पादन गर्न रोक लगाइएको छैन। तर, वर्षमा यस्तो मदिरा पनि छ पटकभन्दा बढी उत्पादन गर्न नपाइने भएको छ। यसरी उत्पादन गर्दा टोल विकास संस्थामार्फत् वडास्तरीय समितिलाई जानकारी दिनुपर्ने व्यवस्था ऐनमा छ। तोकिएबमोजिम घरेलु मदिरा उत्पादनको इजाजत पाएको भए त्यसैअनुसार मानिने यसमा उल्लेख छ।

विद्यालय परिसरको सय मिटरभित्र कुनैपनि मदिरा पसल निषेध गरिएको छ भने सार्वजनिक स्थान, स्वास्थ्य संस्था, धार्मिकस्थल, पुस्तकालय, सरकारी कार्यालय वा सार्वजनिक महत्वको क्षेत्रलाई लक्षित गरी मदिरा पसल खोल्न नपाइने भएको छ। 

मदिरा र सुर्तीजन्य वस्तुको कारोबार गर्न व्यवसायीले नगरबाट अनुमति लिनुपर्ने, कारोबार गरिरहेका व्यवसायीले समेत अब नगरमा पुनः व्यवसाय सूचीकृत गराउनुपर्ने भएको छ। यसका लागि नगरले सूचना जारी गरी जारी भएको ४५ दिनभित्र व्यवसाय पुनः सूचीकरण गर्नुपर्ने व्यवस्था छ।

पसलको स्थान परिवर्तन गर्नुपरे पनि नगरपालिकामा पुनः सूचीकृत हुनुपर्ने र प्रचलित कानुनअनुसार सञ्चालनमा रहेका किराना, खाद्यान्न, तरकारी, मासु, फलफूललगायत पसलले अनुमति लिएर मदिरा व्यवसाय गर्दा छुट्टै कक्ष व्यवस्थापन गर्नुपर्ने ऐनमा उल्लेख छ। अनुमति लिएर सञ्चालित होटलमा पनि भोजन र आवास कक्षलाई असर नपर्नेगरी मात्र मदिरा उपभोगको कक्ष व्यवस्थापन गर्नुपर्नेछ।

ऐनअनुसार अब पसलमा मदिराप्रति आकर्षण गर्ने उद्देश्यले बाहिरबाट देखिने स्थानमा सजावट गरी मदिरा राख्नसमेत पाइने छैन। नगर क्षेत्रभित्र मदिराको प्रचारप्रसार, विज्ञापन, होर्डिङ बोर्ड राख्न प्रतिबन्ध गरिएको छ। 

प्लास्टिकको पोका वा प्रयोगमा आइसकेको बोतलमा मदिरा बेच्न पाइने छैन। ऐनले ‘पर्यटकीय क्षेत्र’ मा भने मदिरा प्रयोगलाई केही खुकुलो बनाउने संकेत गरेको छ। तर, पर्यटकीय क्षेत्र भने पछि नगर कार्यपालिका बैठकले तोक्ने नगरले जनाएको छ।

ऐनमा सुर्तीजन्य वस्तुको प्रयोगमा समेत नियमनको व्यवस्था गरिएको छ। नगर क्षेत्रभित्र गुट्खा र यस्तै प्रकारका वस्तु कुनैपनि प्रकारले विक्री–वितरण र निःशुल्क वितरणसमेतमा प्रतिबन्ध गरिएको छ। सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तु प्रयोग प्रतिबन्ध गरिएको छ भने यसको विज्ञापन र प्रायोजनसमेत रोकिएको छ।

कानुन र तोकिएबाहेक मदिरा–सुर्तीजन्य वस्तुको कारोबार तथा उपभोग गर्नेलाई दण्ड–सजायको समेत व्यवस्था ऐनमा गरिएको छ। कानुन विपरीत मदिरा र सुर्तीजन्य वस्तु उत्पादन, विक्री, उपभोग गर्नेलाई जरिमाना गराउनेदेखि सम्बन्धित निकायमा कारबाहीको सिफारिस गर्नेसम्मको व्यवस्था ऐनले उल्लेख गरेको छ।

ऐनअनुसार नियमन, अनुगमन गर्न ऐनमा मेयरको संयोजकत्वमा मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण र नियमन नगरस्तरीय मूल समिति गठनको व्यवस्था छ। उपमेयरको संयोजकत्वमा अनुगमन समिति, वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति बनाइएको छ भने टोल विकास संस्थालाई पनि यसको नियमन अधिकार प्रत्यायोजन गरिएको छ।

मेयर रणबहादुर राईले सार्वजनिक पद धारण गरेको व्यक्ति र विद्यार्थीलगायतले सार्वजनिक स्थलमा समेत मदिरा र सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाएपछि नगरले यो ऐन ल्याउनुपरेको बताए। 

‘मदिरा विक्री, वितरण र उपभोगमा कुनै समय नतोक्दा, जसले जहिले र जहाँ पनि प्रयोग भएको देखिन्छ,’ उनले भने, ‘विद्यार्थी र शिक्षकमा यसको सबैभन्दा ठूलो असर परेको देखियो।’
मेयर राईले कतिपय विद्यार्थी विद्यालय समयमा समेत स्कुल नगई मदिरामा लठ्ठ भएकोजस्तो गम्भीर समस्या पाएको बताए। मदिराकै कारण कतिपयको घरझगडा भएको, घरमुलीले मदिरा उपभोग गर्दा आर्थिक अवस्था डामाडोल भई परिवारको बिचल्ली भएकोजस्ता धेरै खाले समस्या देखिएको उनले जनाए। 

‘घरेलु हिंसाका धेरैजसो घटना मदिराकै कारण भएको पाइएका छन्,’ उनले भने, ‘मदिराकै कारण व्यक्तिले आफ्नो जिम्मेवारी पूरा नगर्दा उसका सबै काम लठिबज्र भएकोसमेत देखिएपछि नगरले यसको नियन्त्रण गर्न कानुन ल्याएको हो।’ 

उनले मदिराका कारण मानवस्वास्थ्यमा गम्भीर असर पुगिरहेपनि यसको प्रयोग भइरहेकाले नियन्त्रण र नियमनको उपाय अपनाइएको बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस