मोरङको बेलबारी बजारमा रहेको तीन वटा सुनचाँदी पसल (ज्वेलर्स) मा एकै रात चोरी भएको छ।
बेलबारी नगरपालिका–१ स्थित न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, नवरत्न ज्वेलर्स र न्यू वराह ज्वेलरीमा मंगलबार राति चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
उनले लाखौं रुपैयाँको गरगहना चोरी भएको बताए। चोरी भएको सुनचाँदी पसल सबै बेलबारी–१ मा रहेका छन्। नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विक (साजन) ले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीमा चोरी भएको हो।
ज्वेलर्स सञ्चालन गर्ने तर सुरक्षाको बन्दोबस्त नगर्दा घटना भएको देखाउँदै, डिएसपी दाहालले भने, ‘महँगा सरसामान बेच्न राख्ने अनि सुरक्षाको कुनै व्यवस्था नगर्ने। पसलमा सिसी क्यामेरा, सुरक्षा गार्ड जस्ता सुरक्षाका प्रविधि अपनाउनु पर्ने हो। तीन वटा पसलमध्ये एउटामा मात्रै सिसी क्यामेरा भए पनि काम नलाग्ने रहेछ। प्रहरीले सबै ठाउँ एकै पटक सुरक्षा दिन नसक्ने हुँदा आफैंले पनि सुरक्षा सतर्कता अपनाउनु जरुरी हुन्छ।’
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको डिएसपी दाहालले बताए।
विभिन्न तवरबाट घटनाको अनुसन्धान थालेको बताउँदै, डिएसपी दाहालले भने, ‘पसल फोडेर चोरी गर्ने समूहको व्यापक खोजी जारी गरेका छौं। घटनाको प्रकृति एकै प्रकारको पाइएको छ। घटनामा बालबालिकाको प्रयोग भएको अनुमान गरेका छौं। घटनास्थलको प्रकृति हेर्दा सानो प्वाल पारेर भित्र पसी चोरी गरेको देखिएको छ।’
तीन वटै पसलमा एकै प्रकारले चोरी भएको र सानो प्वाल पारेर भित्र पसी चोरी गरेको हुँदा चोरीमा संलग्न एउटै समूह भएको प्रहरीले अनुमान गरेको छ। चोर समूह दुई वटा पसलको ‘भ्यान्डिलेसन’ फोडेर भित्र पसेको देखिन्छ।
‘अर्को एक पसलको पर्खालमा सानो प्वाल पारेर पसेको देखिएको छ। कुनै पनि पसलको ढोका वा सटर फोडेको अवस्था छैन। घटनास्थल हेर्दा सानो प्वाल बाट चोरी भएको देखिएको हुँदा बालबालिकाको प्रयोग भएको अनुमान गरेका छौं’ डिएसपी दाहालले भने।
उनका अनुसार न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी १ सय वटा (अन्दाजी २५ तोला), तामाको बुटी १ सय वटा (अन्दाजी ३ सय ग्राम) र ४ आनाको सुनको पोते चोरी भएको छ।
नवरत्न ज्वेलर्सबाट २ किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको उनले जानकारी दिए। ज्वलेर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजु, औंठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए।
कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीबाट ११ किलोग्राम बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको छ। डिएसपी दाहालका अनुसार चाँदीबाट बनेको एउटा खड्कुँलो, ६ वटा करुवा, एउटा गाग्री, १२ वटा थाली, २ वटा बटुका, चुरा, पाउजु, कल्ली, कम्मर बेल्ट, औंठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको पाइएको छ।
इलाका प्रहरी कार्यालयदेखि दक्षिणतर्फ करिब दुई मिटरमा रहेको तीन वटा पसलमा चोरी हुँदा समेत प्रहरीले थाहा नपाउनु अच्चम लागेको बताउँदै, बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले भने, ‘बेलबारी प्रहरीले घटनाहरुलाई गम्भीरता नलिँदा पछिल्लो समय यहाँका पसलहरु चोरी हुनेको संख्या बढ्दो छ। यसअघि भएका चोरीका घटनालाई लिएर संघले बारम्बार प्रहरीलाई भन्दासमेत गम्भीरता नलिएपछि आज ठूलो घटना भयो।’
बेलबारी नगरका सडकमा रहेका १/२ वटा क्यामेरा बाहेक अन्य कुनै पनि क्यामेराले काम गर्दैनन्। नगरपालिकालाई संघले बारम्बार सडकमा रहेका क्यामेरा मर्मत गर्न अनुरोध गर्दासमेत कुनै सुनुवाइ नगरेको महासचिव मिश्रले बताए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...