कालोपत्रे सडकमा पानी चुहाउँदै टिपर
१० पौष २०८०
•
४ मिनेट पाठ
कालोपत्रे सडकमा पानी चुहाउँदै टिपर
राप्ती सोनारी ६ मा निर्मित हुलाकी सडकमा पानी चुहाएर गुडिरहेको टिपर। तस्बिर: अर्जुन ओली/नागरिक
बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखा अगाडी कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्। कालोपत्रे सडक भएर दैनिक रुपमा सयौंको संख्यामा नदीजन्य सामाग्रीहरु ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्छन्।




एकाबिहानै देखी राती अबेरसम्म टिपरले चुहाएको पानी सडक भरी रहन्छ। जसले गर्दा सडकको गुणस्तर चाडै खस्किएर भत्किने हो कि भन्ने चिन्ताले स्थानीय बासिन्दालाई सताएको छ।

‘बाटो जब पिच भयो, त्यसपछि ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्न थालेका छन्,’ रोकाक्षेत्रीले नागरिकसँग भने ‘यसरी पानी चुहाउँदै टिपर गुड्ने हुन भने यो सडक धेरै दिन टिक्दैन।’
पिपल चौतारा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका उनले भर्खरै बनेको कालोपत्रे सडकमा टिपर आतंक बढेपछि आफुहरुले रोक्न खोजेको बताए। तर, नदी खोलामा ठेक्का लिने र नजिकैको क्रसर उद्योग चलाउने व्यक्तिहरू ठुलाबडा भएकाले यो आतंक रोकिनेमा स्थानीयलाई आशंका छ।

रोकाक्षेत्रीले थपे, ‘यो काममा ठुलाबडा छन्, सबै ठुला बडाकै हात छ।’ पानी चुहाउँदै गुड्ने, ओभरलोड बोक्ने, तीव्र गतिमा जथाभाबी रुपमा चल्ने टिपरको आतंक बन्द गर्न माग गर्दै उक्त टोल विकास संस्थाले वडा नम्बर ६ को कार्यालयमा निवेदन पेश गरेको छ।

उक्त संस्थाले टिपर आतंक रोक्नका लागि पहल गरिदिन वडा कार्यालयलाई लिखित रुपमा अनुरोध नै गरेको हो। ‘हाम्रो सबैभन्दा नजिक रहेको सरकार वडा कार्यालय हो, सडकको सुरक्षाका लागि हामीले वडा कार्यालयलाई निवेदन दिइसकेका छौं, वडाले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने हामीलाई विश्वास छ,’ अध्यक्ष रोकाक्षेत्रीले भने।

हुलाकी सडक निर्देशनालयले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरदेखी वडा नम्बर ६ फत्तेपुरको कुण्डाचोकसम्म हालै ‘अस्फाल्ट’ प्रविधिको सडक कालोपत्रे गरेको थियो। निर्देशनालयले उक्त सडकमा अहिले पनि निर्माण कार्य गरिरहेको छ।

ठेकेदार कम्पनीले सडक हस्तान्तरण गर्न नपाउँदै दैनिक रुपमा सयौंको संख्यामा गुड्ने टिपरले पानी चुहाउँदै नदीजन्य सामाग्री बोक्न थालेपछि सडकको गुणस्तर कमजोर हुने स्थानीयको बुझाई छ। 

राप्ती सोनारी गाउँपालिकाले ठेक्का लगाएर केही महिनाअघि नदी तथा खोलाबाट सामाग्री उत्खनन गर्न अनुमति दिएपछि हुलाकी सडकमा टिपर तथा ट्याक्टरको चाप अहिले बढी देखिन्छ।

फत्तेपुरस्थित खल्ला टेपरीका स्थानीय अमरबहादुर बुढाले नयाँ बनेको कालोपत्रेमा पानी, माटो, बालुवा तथा ग्राभेल खसेर सडकको स्वरुप नै बिगारेको बताए।

‘पानी चुहाउँदै नदीजन्य सामाग्री बोकिरहेका छन्, त्यसकारण भर्खरै बनेको पिच सडक भत्किने हो कि भन्ने चिन्ता हामीलाई छ,’ खल्ला टेपरी टोल विकास संस्थाका अध्यक्ष बुढाले भने।

तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना निम्तिने खतरा पनि बढेको उनले सुनाए। ‘यो समस्या हामीले वडा कार्यालयसम्म पुर्‍याएका छौं, अब वडाले यो समस्या समाधान गर्छ भन्ने विश्वास छ,’ बुढाले भने।

हुलाकी सडक भएर गुड्ने टिपर र ट्याक्टरले नदीजन्य सामाग्री नियम विपरीत नै ओसार–पसार गरेको स्थानीयको आरोप छ। नियम विपरीत सामाग्री ओसार्दा पनि प्रहरी र ट्राफिक प्रहरीले कारबाही नगरेको उनीहरुको गुनासो छ। ढलैया टोल विकास संस्थाका भुपेन्द्र विष्टले हुलाकी सडक खण्डमा नदीजन्य पदार्थ नियम विपरीत नै ओसार–पसार भइरहेको बताए।

भर्खरै कालोपत्रे भएको सडकमा पानी चुहाउँदै नदीजन्य सामाग्री ढुवानी भएकाले सडक सुरक्षा गरिदिनुपर्ने उनको माग छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेलले नदीजन्य सामाग्रीको ठेक्का खुलेपछि टिपर तथा ट्याक्टरको चाप स्वाभाविक रुपले बढेको बताए।

ढुवानीका साधनले सडकमा पानी चुहाउने गरेको भनी विभिन्न टोल विकास संस्थाबाट निवेदन आएको उनले सुनाए।

‘भर्खरै बनेको कालोपत्रे सडकमा पानी चुहाएर नदीजन्य सामाग्री बोक्दा सडकको गुणस्तर खस्किने हो की भन्ने चिन्ता उहाँहरुलाई छ,’ खरेलले भने ‘व्यवसायी पनि सुरक्षित हुनुपर्‍यो, बाटो पनि सुरक्षित हुनुपर्‍यो भन्ने हामीलाई लागेको छ।’

सडकमा पानी चुहाउने, ओभरलोड बोक्दा नदीजन्य सामाग्री बाटोमै खसाल्ने, तीव्र गतिमा गुडाउने समस्या समाधानका लागि स्थानीय प्रहरी र ट्राफिक प्रहरीलाई आफूले जानकारी गराइसकेको उनले बताए।

‘यसको नियमन गर्ने काम ट्राफिक प्रहरीको हो, हाम्रै वडामा ट्राफिकले चेकजाँच त गर्छ, तर यसमा ट्राफिकको ध्यान नपुगेको हो की ?’ वडा अध्यक्ष खरेलले भने। समयमै समस्या समाधान गर्न नसके राज्यले करोडौं लगानीमा बनाएको कालोपत्रे सडक नरहने अवस्था आउन सक्ने उनले सुनाए।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस