गोरखाको धार्चे गाउँपालिका गुम्दाका ३८ वर्षीय रामबहादुर गुरुङ मंगलबार भिरबाट लडेर घाइते भए। छिमेकी गाउँपालिका चुमनुब्रीको बिही गाउँस्थित बान्द्ररुङ्ग भिरबाट लडेर घाइते गुरुङको थप उपचारका लागि काठमाडौं लैजानुपर्ने भयो।
खच्चड लिएर माछीखोला झर्ने क्रममा भिरबाट लडेका उनलाई मंगलबार काठमाडौं ल्याउन सकिएन। उनको उद्धारका लागि हेलिकप्टर उडान अनुमति लिने र प्रक्रिया मिलाउने काम सांसद राजेन्द्र बजगाईले गरे। तर, प्रक्रिया पुरा गर्दा ढिला भएपछि उनको बुधबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याएको छ।

‘चुमनुब्री सरकारले तोकेको निषेधित क्षेत्रमा पर्ने भएकोले हेलिकप्टर उडान अनुमति पाउन गाह्रो हुने गरेको छ,’ उनले भने, ‘भिरबाट लडेका घाइतेलाई हिजो (मंगलबार) देखि उद्धारको प्रयास गरिएको थियो तर आज मात्र सम्भव भयो।’भिरबाट लडेका गुरुङको टाउको, खुट्टालगायतमा चोट लागेको छ। त्यस क्षेत्रमा सुत्केरी हुन नसकेकाहरूलाई तत्काल उद्धार गर्नुपर्दा उडान अनुमति प्रक्रिया मिलाउँदैमा समय खेर जाने गरेको छ।