सर्वोच्च अदालतमा एक सातादेखि पालो कुरिरहेका प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहका कानुन व्यवसायीले नै आज सुनुवाइ स्थगित गरेका छन्।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको एनसेलविरुद्धको रिट निवेदन सुनुवाइ हुने क्रममा पुग्दा निवेदक पक्षका कानुन व्यवसायीले स्थगित गरेका हुन्।
न्यायाधीश माथेमको इजलासमा आज १५ थान मुद्दा छन्। एनसेलविरुद्धको मुद्दा ७ नम्बरमा परेको थियो। निवेदकका कानुन व्यवसायीले मुद्दा स्थगित नगरेको भए आज सुनुवाइ हुने थियो।
एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदन दर्ता भएर पेशी चढेको एक साता सम्म मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। अघिल्लो शुक्रबार दर्ता भएको रिट निवेदन आइतबारदेखि शुक्रबारसम्म लगातार नभ्याइनेमा पर्दै आएको थियो।
सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।
कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै प्रतिनिधिसभाका सदस्य सिंह आफैले रिट निवेदन दर्ता गराएका हुन्।
यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा शेयर खरिद बिक्री प्रक्रिया रोक्न आदेश भइसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भइसकेको छ।
रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर दर्ता गराएका थिए।