बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतंक
०१ पौष २०८०
•
४ मिनेट पाठ
बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतंक
बसाइँसराइका कारण रित्तिएका गाउँ। खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिएका छन्। वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ। गाउँमा बूढापाकाबाहेक कोही छैनन्। युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन्।




एक दशकसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन्। विद्यालयमा विद्यार्थी घटिरहेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन्। विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन्। दिनप्रतिदिन बजार झर्नेको संख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन्।

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ। जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने संख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ। गाउँमा बस्ने बूढापाकाले काम गर्न सक्न छाडेपछि घरैछेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन्। यसकारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन्।

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ। बढ्दो बाँदर आतंकका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन्। केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन्।

गाउँमा जनसंख्या कम हुँदै गएपछि बाँदर आतंक बढ्दै गएको काठेखोला गाउँपालिका १ का लक्ष्मण थापाले बताए। पाँच वर्ष पहिलेसम्म जंगलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उनको भनाइ छ।

हरेक वर्ष गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उनको गुनासो छ। विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले वासस्थान बनाउन थालेको उनले बताए। रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ। बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उनले बताए।

’पहिले–पहिले मान्छेले गाउँ भरिन्थ्यो, एउटै घरमा १०-१२ जनासम्म मान्छे बस्थे, गाउँमै खेतीपाती गर्ने, वनजंगलमा पुगेर घाँस–दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो, अहिले गाउँ सुनसान छ, बूढाबूढी मात्रै छन्, सुनसान ठाउँमा बाँदर, बाघ र भालु आउने नै भए’, उनले भने, ‘अब सरकारले गाउँमा बजारको जस्तो सेवासुविधा दिने गरी काम गर्नुपर्छ। बजार झर्नबाट रोक्न सके मात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र बाँदर मात्रै होइन, अब गाउँ जंगली जनावरको वासस्थानका बन्ने छ।’

जैमिनी ५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौंको नोक्सानी व्यहोर्नुपरेको बताए। धेरै मान्छे बसाइँसराइ गरी अन्यत्रै गएपछि गाउँमा अहिले थोरै संख्यामा मात्रै मान्छे रहेको उनको भनाइ छ। गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोखे।

बालीनाली जोगाउन एक–दुईजना कुरुवा अनिर्वाय राख्नुपर्ने उनले बताए। हिजोआजका बाँदर चलाख र बाठो हुँदै गएपछि मान्छेलाई समेत नटेर्ने सुवेदी बताउँछन्। उनले भने, ‘हिउँदबर्खा बाह्रै महिना बाँदर लाग्छ, कुरुवा नबस्ने हो भने एकैछिनमा सबै बाली नष्ट गरिदिन्छ। बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतंक निकै बढ्यो, बूढाबूढीलाई कोपर्न र चिर्थोनसमेत आउने गरेको छ, बाँदरले हामीलाई निकै समस्या बनायो, सुरुसुरुमा बाँदर धपाउने बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे, घरको आँटीमै आएर बस्छ, अन्नपात निकालेर खाइदिन्छ, साँझ आउँदा केही बाँकी राख्दैन।’

जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मंकी पार्क’ बनाउने योजना बनाएको छ। जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतंक बढ्दो छ। बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जंगलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले जानकारी दिए। पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाए।

‘बाँदर आतंक रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ। अहिले यसरी बाँदर आतंक बढेको मान्छेले गाउँ छाड्नु प्रमुख कारण हो। अब गाउँपालिकाले जंगलमा फलफूलको बिरुवा रोप्ने र जंगलमै बाँदर भुलाउने खालको योजना बनाएका छौं’, उनले भने, ‘विज्ञसँग पनि बहस गरिरहेका छौं, सुझाव लिइरहेका छौं, ढिलोचाँडो उपाय निस्किन्छ, त्यसपछि हामी नियन्त्रणमा लाग्छौं।’ –रासस
अर्को समाचार
बाँदर आतंकले किसान चिन्तित
०६ असार २०७८
•
२ मिनेट पाठ
बाँदर आतंकले किसान चिन्तित
नीलकण्ठ नगरपालिका वडा नं ९ का किसानले लगाएको मकै बाँदरले खाएपछि । तस्बिर सौजन्य : प्रतिभा लामिछाने ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ अलैचे गाउँमा बाँदर आतंकले किसान हैरानी भएका छन् । खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसानहरु चिन्तित बनेका छन् । बाँदरले गाउँमै पसेर घोगा लागेको खेतको मकै, लिचि, स्याउ लगायतका फलफूल नष्ट गरेको स्थानीय तिलप्रसाद लम्सालले बताए । ‘घोगा लागेका मकै, फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ,’ लम्सालले भने, ‘पहिले विरुवामै खायो, पछि बोटमा खायो हुँदै जाँदा अहिले घोगा लागेका मकै पनि खाइदिएको छ, बाँदर पाल्दे भनेर खेती गरेको जस्तो भयो ।’  




अलैचे गाउँका सात घर परिवारको खेतको मकै र फलफूल बाँदरले नष्ट गरेको स्थानीयले बताएका छन् । लम्सालले १० रोपनी जग्गामा लगाइएको मकै बाँदरले नष्ट गरेको बताए । ‘खेती गर्ने बेला दुःखले लगायो उब्जनी हुने समयमा बाँदरले सखाप बनाइदिएको छ’ उनले भने, ‘१० रोपनी जग्गामा लगाएको मकै बाँदरले खाँदा ७० हजार बराबरको मकै नष्ट भएको छ ।’ बाँदर पाल्नको लागि मात्र खेती गरेको जस्तो भएको तिलप्रसाद लम्सालले बताए ।

अलैचेका नारायण रिजालको पनि हालत उस्तै छ । विगत ९ वर्षदेखि मकै र फलफूल खेती गर्दै आएका रिजाल यो वर्ष बाँदरले मकै र फलफूल खाइदिँदा चिन्त्तित बनेका छन् । भरखरै फल फल्न थालेको फलफूल र बेच्ने बेला भएको लिचि बोटमै नष्ट गरेको उनले बताए । ‘खेती गर्‍यो दुःख मात्र हुन्छ, बाली लगाएदेखि भित्र्याउँदासम्म नै बाँदरले नोक्सान पुर्‍याउने गरेको छ,’ रिजालले भने, ‘गाउँमा हुलका हुल बाँदर आउने गरेको छ, बाँदर नियन्त्रण गरिदिएर हामी किसानको खती बचाइदिनुपर्‍यो ।’

अलैचेमा हरेक वर्ष बाँदर आतंक हुने गरेको छ । हरेक वर्ष बाँदरले खाद्यान्न र फलफूल नष्ट गरेर सताउने गरेको छ । बिहान सबेरैदेखि राति अबेरसम्म बाँदरले दुःख दिने गरेकाले बाली जोगाउन नसक्दा खेतबारी बाँझै छाड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् । बाली जोगाउन खेतबारीमै कुरुवा बस्दै आइरहेका पनि छन् । गाउँलेहरुले आलोपालो बाँदर धपाउँदै आइरहे पनि समस्याको समाधान हुन सकेको छैन ।  

बाँदरको हुल नै आएर गाउँभित्र पस्ने अनि मकै लगायतका अन्न तथा फलफूल नष्ट गरिदिने गरेको छ । केही वर्षयता अलैचे गाउँ मात्र नभएर धादिङको विभिन्न गाउँबस्तीमा बाँदरले अन्नपात खाइदिने, नष्ट गरिदिने समस्या भोगिरहेका छन् । अन्न तथा फलफूल नष्ट गर्दा खाद्यान्नको समस्या भोग्नुपर्ने बताए । बाँदर आतंक बढ्दै गएपछि स्थानीयले नियन्त्रणको माग गरेका छन् । वडादेखि नगरपालिकासम्म खबर गर्दा पनि बाँदर आतंक समस्याको कुनै समाधान नभएको किसानको भनाई छ ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस