मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको आरोपमा एक जना एम्बुलेन्स चालक पक्राउ परेका छन्।
प्र १–०२–००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी दुहबी नगरपालिका–४ का २८ वर्षीय सुनिल राजवंशी पक्राउ परेका हुन्।
उनलाई मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको आरोपमा पक्राउ गरी अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
सामुदायिक अस्पताल दुहबीको नाम रहेको एम्बुलेन्स चालकलाई चेक गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको बताउँदै, डिएसपी दाहालले भने, ‘पछिल्लो समय मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना बढ्न थालेपछि बिरामी नबोकेको अवस्थामा उनीहरुलाई पनि परीक्षण गर्न थालेका छौं।’
मंसिर ५ गते राती को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय सफल मुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना भएको थियो।
चालक सतारले सडक छेउमा पार्किङ गरी राखेका मोटरसाइकल, स्कुटरहरुलाई ठक्कर दिई क्षति पुर्याएको मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।
उनका अनुसार मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाएका सतारले पार्किङ गरी राखेका मोटरसाइकल र पसलको सटरलाई ठक्कर दिएको थिए।
सतारलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय मोरङबाट १० हजार रुपैयाँ धरौटी माग भएकाे थियो।
एम्बुलेन्स चालकले मनोपोली गर्न थालेपछि उनीहरुलाई पनि मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) को परीक्षण गर्न थालेको बताउँदै, ट्राफिक प्रमुख न्यौपानेले भने, ‘एम्बुलेन्स जस्तो संवेदनशील सेवा प्रवाह गर्ने चालक नै मापसे र लापसे गरेपछि कसरी बिरामीलाई सम्बन्धित ठाउँमा पुर्याउनु र उपचार गर्नु। पछिल्लो समय मापसे र लापसे प्रयोग बढी हुँदै आएको भेटिएको छ। बिरामी बोकेकाे समय बाहेक अन्य समयमा एम्बुलेन्स चालकलाई चेक गर्न थालेका छौं।’
कुनै एम्बुलेन्स चालकले मापसे वा लापसे गरेको थाहा पाए प्रहरीलाई खबर गर्न आग्रह गर्दै, ट्राफिक प्रमुख न्यौपानेले भने, ‘एम्बुलेन्स एउटा संवेदनशील वाहन हो। कसैको ज्यान बचाउनका लागि चाँडोभन्दा चाँडो अस्पताल सहज रुपमा पुर्याउनु पर्ने हुन्छ। तर, उनीहरु मापसे र लापसे गरेर सवारी चलाउँदा गाडीभित्र र बाहिरका मानिसहरु उच्च जोखिममा हुन्छन्।’
यस आर्थिक वर्षको हालसम्म मापसे लगायत विभिन्न शीर्षकमा १० जनाभन्दा बढी एम्बुलेन्स चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ।