मौरी चराउन चितवनका चिउरी पाखामा किसान
३० मंसिर २०८०
•
२ मिनेट पाठ
मौरी चराउन चितवनका चिउरी पाखामा किसान
चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्।यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ। 




रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् । ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ।’ उनले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्ताले धेरै खोज्ने गरेको किसान थापाले बताए। ‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ’, उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।’ उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए।चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ।मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए। ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छु’, उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो।’

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ। यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले  बताउए।उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन्।

जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउछन । उनका अनुसार

नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ। व्यावसायिक रुपमा भने मेलिफेरा पालिन्छ। चितवन  मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन्। 
अर्को समाचार
टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना
२७ साउन २०७९
•
२ मिनेट पाठ
टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना
छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।




सन् २०२२ मा सेरेनाको यो मात्र तेस्रो खेल थियो। ओलम्पिककी स्वर्ण पदक विजेता बेन्सिचसँग सेरेना दोस्रो चरणमा निराश बनिन्। कोर्टमा सेरेनाको बिदाइले त्यहाँको माहोल निकै भावुक बनाएको थियो। उनले मंगलबार संन्यासका लागि काउन्टडाउन सुरु भएको बताएकी थिइन्। उनले यसै महिनाको अन्त्यमा हुने युएस ओपनपछि संन्यास लिने अनुमान गरिएको छ।

‘मलाई यहाँ खेल्न निकै मन लाग्छ,’ समर्थकलाई सम्बोधन गर्दैै सेरेनाले भनिन्, ‘म दोस्रो चरणबाटै बाहिरिँदा निराश छु। आज मैले राम्रो प्रदर्शन गर्न सक्थें, तर स्वाभाविक लयअनुसारको प्रदर्शन भने रहेन। बेलिन्डाले राम्रो खेलिन्। 

’सेरेनाले पहिलो चरणमा सोमबार स्पेनकी नुरिया डियाजलाई निराश पारेकी थिइन्, जुन सन् २०२१ को फ्रेन्च ओपनपछि सेरेनाले महिला एकलमा निकालेको पहिलो जित थियो। तर उनले मंगलबार सामाजिक सन्जालमा संन्यासको संकेत गर्दै ‘दी काउन्टडाउन ह्याज बिगन’ भन्दै पोस्ट गरेकी थिइन्। उनले यही मितिमा संन्याससा लिन्छु भन्ने घोषणा गरेकी छैनन् तर अगस्ट २९ मा सुरु हुने युएस ओपन उनका लागि अन्तिम प्रतियोगिता हुने अनुमान गरिएको छ।

सेरेनाले ६ पटक युएस ओपन जितेकी थिइन्। उनले सन् १९९९ मा १७ वर्षको उमेरमा पहिलो पटक युएस ओपनको उपाधि जितेकी थिइन्। ‘मेरा लागि पहिलो चरणदेखि दोस्रो चरणसम्मको यात्रा नै सुखद रह्यो,’ मार्गरेट कोर्टको नाममा रहेको २४औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेनाले भनिन्, ‘मैले इन्स्टाग्रामको पोस्ट र एउटा म्यागेजिनको आर्टिकलमा भनेजस्तै म संन्यासको निकै नजिक छु। गुडबाई टोरन्टो।’

‘आज सेरेनाको दिन हो,’ बेन्सिचले जितपछि भनिन्, ‘आज पुनः सेरेनासँग एउटै कोर्टमा प्रतिस्पर्धा गर्न पाएँ। जुन मेरा लागि गर्विलो क्षण हो।’ यसअघि अमेरिकाकी कोको गौफले सेरेनाकै कारण आफू टेनिसमा लागेको र उनको स्थान कसैले लिन नसक्ने बताएकी थिइन्। गौफले भने प्रतियोगिताको तेस्रो चरणमा स्थान बनाउने क्रममा विम्बल्डन च्याम्पियन इलिना रेवाकिनालाई ६–४, ६–७(८–१०), ७–६(७–३) ले हराएकी थिइन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस