बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रुपैयाँबराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण वागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो। गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका ६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नम्बरको ट्रकमा भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा १४ लाख ७० हजार रुपैयाँबराबरको लत्ताकपडा, एक लाख ४० हजार रुपैयाँको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन्।
ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन्। दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ। –रासस