आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। देशमा निरन्तर भ्रष्टाचार बढ्दै गएकोमा ट्रान्सपरेन्सी इन्टरनेशल (टीआई) नेपालले चिन्ता व्यक्त गरेको छ।
देशमा बढ्दै गएको भ्रष्टाचार, अवैध सम्पत्तिको व्यापक चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगेको र असफल राष्ट्र बनाउन सक्नेतर्फ टीआई नेपालले चिन्ता व्यक्त गरेको हो। \
भ्रष्टाचार नियन्त्रणका लागि टीआईले संसद्, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै आएको बताएको छ। एक विज्ञप्ति प्रकाशित गरी मुलुकको जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले तत्परता नदेखाउँदा भ्रष्टाचार बढेको उल्लेख छ।
टीआईकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले देशलाई खोक्रो बनाउँदै लगेका गम्भीर विकृतिहरू निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै रहेको बताएकी छिन्।
‘दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरु बिचको सीमारेखा धमिलिदैं गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिंदैन’ विज्ञप्तिमा उल्लेख छ, ‘अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, व्यक्ति र समूहविशेषको निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबिनको दायराभन्दा बाहिर राख्ने, ठूला भ्रष्टाचारका मुद्दाहरूमा कारबाही नै नचल्ने गरेका छन्।’
फौजदारी अपराधमा दोषी ठहर भएका व्यक्तिहरूको सजाय मिनाहा गर्ने जस्ता मुलुकको कानून, न्यायप्रणाली र लोकलाज समेतलाई उपेक्षा गर्ने कृत्यहरूको अन्तहीन श्रृंखला तत्काल बन्द गर्न टीआई नेपाल संसद्, सरकार र सबै राजनीतिक दलहरूको पुनः गम्भीर ध्यानाकर्षण गर्दछ’ टीआईले भनेको छ।