‘चिस्याउने उपकरण परिमार्जन गरेमा उत्सर्जन ६० प्रतिशत घट्छ’
२० मंसिर २०८०
•
३ मिनेट पाठ
‘चिस्याउने उपकरण परिमार्जन गरेमा उत्सर्जन ६० प्रतिशत घट्छ’
चिसो पार्न प्रयोग गरिने उपकरणले खपत गर्ने ऊर्जालाई घटाउन सकिएमा मात्र सन् २०५० सम्म यो क्षेत्रले गर्ने उत्सर्जनलाई ६० प्रतिशत घटाउन सकिने अध्ययनले देखाएको छ।




चिस्याउन प्रयोग गरिने प्रविधिका कारण हरितगृह ग्यास उत्सर्जन अत्याधिक भइरहेकाले यस क्षेत्रको सुधारमा ध्यान दिन आवश्यक रहेको दुबईमा सार्वजनिक गरिएको ‘द ग्लोबल कुलिङ वाच रिपोर्ट’ ले देखाएको हो। 

संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (यूएनइपी) ले नेतृत्व गरेको सञ्जालले चिस्यान व्यवस्थापनलाई दिगो पार्न उच्च ऊर्जा दक्षताको स्ट्यान्र्डड कायम गर्नुपर्ने, प्यासिभ कुलिङ, तापमान बढाउन जिम्मेवार मानिने रेफ्रिजेरेटरलाई विस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।

उत्सर्जन कटौती गरेर पनि चिसोको मागलाई कसरी पुरा गर्ने भन्नेमा प्रतिवेदन केन्द्रित छ। प्रतिवेदनमा उल्लेख भएका उपायहरूलाई अवलम्बन गर्न सके अन्तिमविन्दुको उपभोक्ताले बर्सेनि १ खर्ब अमेरिकी डलर र ऊर्जा क्षेत्रले बर्सेनि ५ खर्ब अमेरिकी डलर बचत गर्न सकिने छ। 

‘विश्वको तापमान बढ्दै जाँदा हामीले ऊर्जाको दक्षतामा सुधार र चिस्याउने क्षेत्रले गर्ने उत्सर्जनलाई दिगो हिसाबले घटाउन आवश्यक छ,’ कोप २८ का अध्यक्ष डा. सुल्तान अल जाबेरले भने। 

प्रतिवेदन सार्वजनिक गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनइपी) का कार्यकारी निर्देशक इनगेर एन्डर्सनले समाधानको उपायहरू उपलब्ध रहेको बताए।

‘पृथ्वीको सरदर तापक्रम बढ्दै जाँदा हामीले ऊर्जा दक्षतामा सुधार गर्नुपर्छ तर सँगसँगै दिगो हिसाबले चिसोपार्ने उपकरणमा रहेको अपर्याप्त पहुँचलाई पनि सम्बोधन गर्नुपर्दछ,’ एन्डर्सनले भने। 

एन्डर्सनका अनुसार विश्वका राष्ट्रले न्यूनकार्बन उत्र्सजनकको लक्ष्य हासिल गर्न तत्काल ठोस काम गर्नुपर्ने बताए। विश्वमा तीव्र हिसाबले भइरहेको सहरीकरण तथा जनसङ्ख्या वृद्धिले चिसोपार्न प्रयोग गर्ने उपकरणहरूको माग ह्वात्तै बढेको छ। त्यसो हुँदाहुँदै पनि एसिया र अफ्रिकाका १ अर्ब २० करोड जनसङ्ख्यासँग अझै पनि चिसोपार्ने उपकरणहरूमा पहुँच नहुँदा उनीहरूको जीवन जोखिममा छ भने किसानको आय घटेको छ।

यसैगरी खानालाई सुरक्षित राख्न नसक्दा खाना नष्ट हुने तथा चिसोमा राख्नुपर्ने खोपहरूको पहुँचमा पनि समस्या सिर्जना हुने गरेका छन्। विद्यमान वृद्धिदरको प्रवृत्ति हेर्दा विश्वमा हुने कुल विद्युत् खपतमा चिसोपार्ने उपकरणको हिस्सा २० प्रतिशत रहेको छ। विभिन्न आकलनले यो हिस्सा सन् २०५०सम्म दुई गुणा बढ्ने देखाएको छ। 

ऊर्जा खपतका कारण हुने हरितगृह ग्यास उत्सर्जन बढ्दा र रेफिजेनरेटरबाट हुने उत्सर्जनले कार्बन डाइअक्साइडले गर्ने भन्दा बढी वायुमण्डल तताउने मानिएको छ। अहिलेकै प्रवृत्ति कायम रहेको खण्डमा चिस्याउने क्षेत्रले सन् २०५० सम्म कुल उत्सर्जनको १० प्रतिशत हिस्सा लिने वैज्ञानिक तर्क छ।

कमसल खालका एयर कन्डिसन तथा रेफिजेनरेटरको माग बढ्दा यसले विद्युत् उत्पादनमा ठुलो धनराशिको खर्च हुने र प्रसारण लाइन विस्तारमा पनि उत्तिकै खर्च हुने मानिन्छ। कमसल खालको उपकरणले एसिया तथा अफ्रिकाका उपभोक्ताको विद्युतको विल अत्याधिक आउने गरेका विज्ञहरू बताउँछन्। 

‘उच्चस्तरीय तथा दिगो चिस्यान प्रविधिका लागि निजी क्षेत्रको भूमिका अहंम छ। त्यसैले विश्वव्यापी कुलिङ प्रतिविद्धतामा हामी योगदान गर्न तयार छौ,’ अन्तर्राष्ट्रिय वित्त कर्पोरेसन (आइएफसी) का प्रबन्ध निर्देशक माफ्तर दिओपले भने। 

द कुल कोलिसन नाम गरेको अन्तर्राष्ट्रिय सञ्जालसँग विश्वका २३ देशसहित १३० विभिन्न निकाय र संस्थाहरू सहभागी छन्। द कुल कोलिसन र कोप २८ को आयोजक संयुक्त अरब इमिरेटसले संयुक्त रुपमा ल्याएको विश्वव्यापी चिस्यान प्रतिबद्धता (ग्लोबल कुलिङ प्लेज) लाई विश्वका ६० राष्ट्रले हस्ताक्षर गरेका छन्। 
अर्को समाचार
‘चिस्याउने उपकरण परिमार्जन गर्दा हरितगृह ग्यास उत्सर्जन ६० प्रतिशत घट्छ’
२२ मंसिर २०८०
•
३ मिनेट पाठ
‘चिस्याउने उपकरण परिमार्जन गर्दा हरितगृह ग्यास उत्सर्जन ६० प्रतिशत घट्छ’
चिसो पार्न प्रयोग गरिने उपकरणले खपत गर्ने ऊर्जा घटाउन सकिए मात्र सन् २०५० सम्म यो क्षेत्रले गर्ने हरितगृह ग्यास उत्सर्जनलाई ६० प्रतिशत घटाउन सकिने अध्ययनले देखाएको छ। चिस्याउन प्रयोग गरिने प्रविधिका कारण हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेकाले यसमा सुधार आवश्यक भएको दुबईमा सार्वजनिक ‘द ग्लोबल कुलिङ वाच रिपोर्ट’मा उल्लेख छ।




संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम

(युएनइपी) ले नेतृत्व गरेको सञ्जालले गरेको अध्ययनमा चिस्यान व्यवस्थापनलाई दिगो पार्न उच्च ऊर्जा दक्षताको मापदण्ड कायम गर्नुपर्ने, प्यासिभ कुलिङ, तापमान बढाउन जिम्मेवार मानिने रेफ्रिजेरेटरलाई विस्थापन गर्नुपर्ने सुझाव दिइएको छ। हरितगृह ग्यास उत्सर्जन कटौती गरेर पनि चिसोको मागलाई कसरी पूरा गर्ने भन्नेमा प्रतिवेदन केन्द्रित छ।

प्रतिवेदनमा सुझाइएका उपायलाई अवलम्बन गर्नसके अन्तिम बिन्दुका उपभोक्ताले बर्सेनि १ खर्ब अमेरिकी डलर र ऊर्जा क्षेत्रको पाँच खर्ब अमेरिकी डलर बचत हुने उल्लेख छ। ‘विश्वको तापमान बढ्दै जाँदा हामीले ऊर्जाको दक्षतामा सुधार र चिस्याउने क्षेत्रले गर्ने उत्सर्जनलाई दिगो हिसाबले घटाउन आवश्यक छ,’ कोप– २८ का अध्यक्ष डा. सुल्तान अल जाबेरले भने।

प्रतिवेदन सार्वजनिक गर्ने क्रममा युएनइपीका कार्यकारी निर्देशक इन्गेर एन्डर्सनले यसमा समस्या समाधानका उपायहरू सुझाइएको बताए। ‘पृथ्वीको सरदर तापक्रम बढ्दै जाँदा हामीले ऊर्जा दक्षतामा सुधार गर्नुपर्छ, सँगसँगै दिगो हिसाबले चिसो पार्ने उपकरणमा रहेको अपर्याप्त पहुँचलाई पनि सम्बोधन गर्नुपर्छ,’ एन्डर्सनले भने।

एन्डर्सनका अनुसार विश्व समुदायले न्यून कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न तत्काल ठोस काम गर्नुपर्छ। विश्वमा तीव्र हिसाबले भइरहेको सहरीकरण तथा जनसंख्या वृद्धिले चिसो पार्न प्रयोग गरिने उपकरणहरूको माग ह्वात्तै बढेको छ। तर एसिया र अफ्रिकाको एक अर्ब २० करोड जनसंख्यासँग अझै पनि चिसो पार्ने उपकरणहरूमा पहुँच नहुँदा उनीहरूको जीवन जोखिममा छ भने किसानको आय घटेको छ।
यसैगरी खाना सुरक्षित राख्न नसक्दा नष्ट हुने तथा चिसोमा राख्नुपर्ने खोपहरूको पहुँचमा पनि समस्या सिर्जना हुने गरेको छ। विद्यमान वृद्धिदरको प्रवृत्ति हेर्दा विश्वमा हुने कुल विद्युत् खपतमा चिसो पार्ने उपकरणको हिस्सा २० प्रतिशत छ। विभिन्न आकलनले यो हिस्सा सन् २०५० सम्म दुई गुणाले बढ्ने देखाएका छन्।

ऊर्जा खपतका कारण हुने हरितगृह ग्यास उत्सर्जन बढ्दा र रेफ्रिजेरेटरबाट हुने उत्सर्जनले  कार्बनडाइ अक्साइडले भन्दा बढी वायुमण्डल तताउने मानिएको छ। अहिलेकै प्रवृत्ति कायम रहेमा चिस्याउने क्षेत्रले सन् २०५० सम्म कुल उत्सर्जनको १० प्रतिशत हिस्सा लिने तर्क वैज्ञानिकको छ।

कमसल खालका एयर कन्डिसन तथा रेफ्रिजेरेटरको माग बढ्दा यसले विद्युत् उत्पादनमा धेरै खर्च लाग्ने र प्रसारण लाइन विस्तारमा पनि उत्तिकै खर्च हुने मानिन्छ। कमसल खालका उपकरणले एसिया तथा अफ्रिकाका उपभोक्ताको विद्युत्को बिल अत्यधिक आउने गरेको विज्ञहरू बताउँछन्।
‘द कुल कोलिसन’ नाम गरेको अन्तर्राष्ट्रिय सञ्जालसँग विश्वका २३ देशसहित १३० विभिन्न निकाय र संस्थारू सहभागी छन्। द कुल कोलिसन र कोप– २८ को आयोजक संयुक्त अरब इमिरेट्सले संयुक्त रूपमा ल्याएको विश्वव्यापी चिस्यान प्रतिबद्धता (ग्लोबल कुलिङ प्लेज) लाई विश्वका ६० राष्ट्रले हस्ताक्षर गरेका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस