मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारबाट एक जनालाई अन्तः शुल्कको स्टिकर दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
धनपालथान–४ कर्सिया बजारका ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई राजस्व विभागको अन्तःशुल्क स्टिकर दुरुपयोग गरी पुनः प्रयोग गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
राजवंशीलाई शनिबार साँझमा उनकै ‘केशव किराना पसल’ बाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
किराना पसल सञ्चालन गर्दै आएका राजवंशीले भोला गुट्खा लगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’ मा प्रयोग हुने स्टिकर दुरुपयोग गरेको सूचनाका आधारमा पसलमा प्रहरीले छापा हानेको बताउँदै, डिएसपी दाहालले भने, ‘प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेको थियो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंको टोलीले दुरुपयोग हुन लागेको स्टिकरसहित राजवंशीलाई पक्राउ गरिएका हाे।’
‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान प्रयोगमा आइसकेका अन्तःशुल्कका स्टिकर पुनः प्रयोग गर्न लाग्दा प्रहरीले बरामद गरेको हो। बरामद भएका स्टिकरसहित आवश्यक कारबाहीका लागि राजवंशीलाई आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने प्रहरीले जनाएको छ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट राजस्व छली गर्नलाई भोला गुट्खाको ‘प्याकेट’ मा प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका विराटनगरतिर पठाउने गरेको खुलेको छ।
प्रयोगमा आइसकेको स्टिकर पुनः प्रयोगका लागि कसलाई उनले पठाउने हो खुली नसकेको बताउँदै, डिएसपीले भने, ‘यसमा थप अनुसन्धान गरिरहेका छौं। प्रयोग भइसकेको स्टिकर निकालेर अन्य गुट्खाको प्याकेटमा र मदिराको बोतल लगायतमा पुनः प्रयोग गरी राजस्व छली गर्ने गरेको पाइएको हो।’
विभिन्न पसलहरुबाट संकलन गर्दै रावंशीले आफ्नो पसलमा पारेर स्टिकर विराटनगरतिर पठाउने गरेको खुलेको छ।