मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा परी घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएको छ।
आगोको लपेटामा परी घाइते भएका मध्ये सोमबार राति थप एक जनाको भएको थियो । घाइतेहरूको उपचारका क्रममा मृत्यु हुने संख्या ५ पुगेको प्रहरीले जनाएको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ स्थित स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । घाइतेमध्ये ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
धनुषाको जनकनन्दिनी गाउँपालिका घर भई उर्लाबारी–७ मा बस्दै आएका मरिताको राति साढे ११ बजेतिर मृत्यु भएको हो । आगो नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो । घटनामा घाइते भएकामध्ये उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल (दीपक), ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ ।
सुनचाँदी पसलका सञ्चालक दीपक कार्की पनि घाइते भई उपचारमै रहेका छन् । आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए । आगलागीमा परी घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो ।