दुर्गा प्रसाईंको सम्पत्ति २ दिनमै कसरी बढ्यो २२ गुना ?
०८ मंसिर २०८०
•
२ मिनेट पाठ
दुर्गा प्रसाईंको सम्पत्ति २ दिनमै कसरी बढ्यो २२ गुना ?
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले  ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा सोही जग्गा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएका हुन्।




महालेखा परीक्षकको ५९औ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८को लेखा परीक्षण) अनुसार प्रसाईंले खरिद गरेको जग्गाको मूल्य र सोही जग्गा धितो राख्दा बैङ्कले दिएको ऋण २२ गुणा फरक रहेको प्रतिवेदनमा उल्लेख छ।  

प्रतिवेदनको ३ सय २७ नम्बर पेजको  ३८ (१) मा  उल्लेख भए अनुसार  प्रसाईंको एक निजी अस्पतालले भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरबाट  २०७७ साउन २ गते राजीनामा लिखत गरी झापा अनारमनी ३मा रहेको ५७१.४८ वर्ग मिटर क्षेत्रफल भएको ५ कित्ता जग्गा ८ करोड थैली अंक कायम गरी खरिद गरेका थिए। उक्त जग्गा २०७७ साउन ४ गते विभिन्न ४ वित्तीय संस्थासँग दृष्टि बन्धक लिखत पारित गरी १ अर्ब ७४ करोड ऋण लिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार अस्पताल सञ्चालकले अस्पताललाई बिक्री गरेको जग्गाको लिखतमा लिग लगापातको मूल्य समावेश गरिएको छैन। प्रतिवेदनले यस विषयमा  नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा भनिएको छ, ‘जग्गाधनीले आफ्नो अचल सम्पत्तिको खरिद मूल्यभन्दा अधिक मूल्याङ्कन गराई वित्तीय संस्थाबाट ऋण लिँदा सर्वसाधारण निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने भएकाले वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयता सम्बन्धमा नेपाल राष्ट्र बैकले सम्बन्धित बैङ्कहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्दछ।’

महालेखाले जग्गा खरिदका क्रममा सरकारलाई तिर्नुपर्ने राजस्व छल्ने प्रयास गरेको आशंका गरेको छ। उसले एक दिनको फरकमा रजिस्ट्रेसन प्रयोजनमा जग्गाको थैली अड्ड न्यून देखाउने तर सोही जग्गा दृष्टि बन्धक गरी खरिद मूल्य भन्दा २२ गुणा बढी थैली अंक कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा कार्यालयले थप छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्न सुझाएको छ।
अर्को समाचार
असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने
०८ मंसिर २०८०
•
१ मिनेट पाठ
असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने
असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।




प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएको थियो।

प्रसाईंका सचिवालय सदस्य विजय कँडेलले नागरिकन्यूजसँग भने, ‘बाहिर सुरक्षा घेरा छ। उहाँको हेल्थको इस्यू पनि आइरहेको छ। त्यसैले उहाँ आजको प्रदर्शनमा निस्किनु हुदैन्।’

उनले प्रसाईं घरबाट बाहिर ननिस्किए पनि उनका समर्थकहरूले प्रदर्शन गर्ने जानकारी दिए।  ‘हामी काठमाडौँका जुनसुकै चोकमा पनि प्रदर्शन गर्न सक्छौँ। तीनकुने नै जानुपर्दैन’, कँडेलले भने, ‘जहाँबाट जसरी सकिन्छ त्यसरी आन्दोलन गर्ने र कुनै चोक बाँकी नराख्ने रणनीतिमा छौँ।’

प्रसाईं समूहले शुक्रबार बिहान तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यसलाई निस्तेज पारिदिएको छ। प्रसाईंको घर वरपरको धेरै संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ।

कँडेलले प्रसाईंलाई नजरबन्द राख्ने हल्ला चले पनि आधिकारिक रुपमा सरकारका तर्फबाट केही नआएको दाबी गरे। ‘प्रहरीले हामी माथि एकदमै दमन गरिरहेको छ। मान्छे निस्किने बित्तिकै समातेर लैजाने र लाठी चार्ज गर्ने गरेको छ’, उनले भने।

सुरुमा वित्तीय संस्था तथा बैङ्कहरूको ऋणबाट ऋणीहरूलाई मुक्त गर्ने प्रतिवद्धता जनाएर अभियान थालेका प्रसाईं पछिल्लो पटक व्यवस्था परिवर्तन आफ्नो एजेण्डा भएको बताउन थालेका छन्।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस