इलाम नगरपालिका–९, गोलाखर्ककी ५५ वर्षीय भीमा पाठकलाई २०४३ सालमा सोयाङबाट बेहुली भएर पराईको घर आउँदै गर्दा पनि नौमतीको धुनले नाचौँ–नाचौँ लाग्थ्यो।जीवनको ‘मोड’ बदलिएको यथार्थलाई नौमतीको धुनले चटक्कै बिर्साइदिएपछि उनको मन त छमछमी नाच्यो तर कम्मर मर्काउन मिलेन।
अहिले आएर आफैं नौमती बजाउने समेत अवसर पाएपछि उनले त्यही ‘मायालाग्दो’ सपना पूरा गर्न पाएकी छिन्। ‘मलाई सानैदेखि नौमती बाजाको धुन मन पथ्र्याे, आफ्नै बिहेमा बजेको नौमतीमा छमछमी नाचौँ लागेको थियो। तर, के गर्नु बेहुली भएर नाच्न मिलेन,’ ३७ वर्षपछि ढोलक घन्काउँदै उनले भनिन्, ‘अब चाहिँ नौमती बाजा बजाइन्छ, नाचिन्छ पनि।’
यही वडाकी रिंकु गुरुङ तीन–चार गीतमा मज्जासँग सनई बजाउँछिन् । ‘म दलित समुदायमै जन्मिएकी भए पनि अहिलेसम्म नौमती छुन पाएकी थिइनँ,’ उनले भनिन्, ‘महिलाले नौमती बजाउनुहुँदैन भन्ने सामाजिक सोचले वर्षाैंदेखिको रहर गुम्स्याउनुपरेको थियो, अहिले मौका आयो । तीन–चार गीतमा सजिलै बजाउन सक्छु।’
इलामको गोलाखर्कका महिला तालिम लिएपछि नौमती बजाउँदै। गोलाखर्कको पाञ्चायन मन्दिर प्राङ्गणमा बिहानदेखि बेलुकासम्म नौमती घन्काउने १२ महिलामा दलितको संख्या चाहिँ नगन्य छ । ब्राह्मण, क्षेत्री, राई, लिम्बू, गुरुङ, मगरलगायत विभिन्न समुदायका महिला नौमतीको तालमा रमाउँदैछन्। रमाउँदै मात्र छैनन् उनीहरू, सात दिनको नौमती बाजा तालिम सकिँदा वर्षाैंदेखिको रहर पनि मेटाउँदछन्।भीमा भन्छिन्, ‘यति मीठो बज्ने नौमती हाम्रो गाउँघरको रीति र संस्कृति हो, बिहेलगायत हरेक शुभ कार्यमा बजाउने नौमती संरक्षण चाहिँ त्योभन्दा ठूलो आवश्यकता हो ।’
उनले गाउँघरमा नौमती बजाएर गरिएको बिहे मात्रै साँच्चीकै बिहेजस्तो लाग्ने गरेको सुनाइन्। ‘केही वर्ष अघिसम्म गाउँमा बिहे भन्ने बित्तिकै नौमती बज्थ्यो, नौमती नबजाइएको बिहे बिहेजस्तो हुँदैनथ्यो,’ भीमाले सम्झिइन्, ‘अचेल बिहेमा नौमती सुनिँदैन, तडकभडक धेरै देखिन्छ।’
गोलाखर्क गाउँमा मात्र होइन, अहिले जिल्लामै नौमती बजाएको बिरलै मात्र सुनिन्छ ।कुनै पनि बिहे, भोजभतेर वा ठुला समारोहमा नौमती शून्य प्रायः भइसकेको छ।प्रविधिको तीव्रत्तर विकासले गाउँको मौलिक संस्कृति नौमती लोप हुने अवस्थामा पुगेपछि वडा ९ को सहयोगमा स्थानीय नौमती बाजा सांस्कृतिक समूहले तालिम आयोजना गरेको हो।तालिममा गैर दलित महिला नरसिंहा, टेम्को, दमाहा, सनईलगायत बजाउन सक्ने भएका छन्।
झापाका तालिम सहजकर्ता वीरबहादुर महत पनि सानैदेखि नौमती बजाउँथे । तर, उनी पनि दलित समुदायका होइनन् । ‘मैले त सानैदेखि नौमती बजाएको हो,’ ६२ वर्षे वीरबहादुरले भने, ‘गाउँको संस्कृति जगेर्ना गर्न कुनै समुदाय वा जातले छेक्दैन, संस्कृति–परम्परा बचाउने दायित्व हामी सबैको हो।’ गोलाखर्कका महिलाले नौमती बजाउन इच्छा गरेर आफूलाई सहजीकरण गर्न बोलाएकामा उनी निकै हर्षित रहेछन्। ‘लोप हुन लागेको नौमती, त्यो पनि महिलाले सिक्नु नौलो अभ्यास हो,’ उनले थपे, ‘सातै दिनमा पनि महिलाले निकै छिटोगरी यो सीप सिक्नुभएको छ । यसलाई निरन्तरता दिनुभयो भने राम्रो हुन्छ।’
इलामको गोलाखर्कका महिला तालिम लिएपछि नौमती बजाउँदै। समूहले गाउँमा सुन्न छाडिएको नौमती जगेर्ना गर्ने उद्देश्यले तालिम आयोजना गरेको समूह अध्यक्ष वेदमाया भट्टराईले बताइन्। ‘समूहले अहिले यही तालिमबाट नौमती बजाउन सक्ने एउटा टिम तयार पारेको छ,’ उनले भनिन्, ‘कम्तीमा दुइटा यस्ता टिम बनाउने हाम्रो प्रयास छ ।’ उनले जिल्लामै बिरलै मात्र भेटिने नौमतीको टिम आफूहरूले चाहिँ महिलाकै बनाएको बताइन् । ‘यहाँ सिकेपछि जिल्ला र बाहिरका समेत जुनसुकै सभा–समारोह, बिहे, शुभ कार्यमा हामी नौमती लिएर जान सक्छौँ,’ उनले भनिन्, ‘महिलाले नौमती बजाउन हुँदैन भन्ने परम्परागत सोच पनि अब अन्त्य भएको छ।’
वडाध्यक्ष गोपाल चौहानले वडाले संस्कृति संरक्षणका लागि नौमती बाजा बजाउने तालिम वडामा राखेको बताए । ‘मौलिक संस्कृति जगेर्ना गर्न नौमतीले पनि सघाउँछ,’ उनले भने, ‘त्यसमा पनि महिला दिदी–बहिनीले नौमती बजाउनु हाम्रो घर–गाउँमा नयाँ काम पनि हो।’
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...