उच्च अदालतका मुख्य न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार न्याय परिषद् बैठकले उच्च अदालतका लागि ६ जना मुख्य न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, उच्च अदालत पोखराका लागि माधवप्रसाद पोखरेल, विराटनगरका लागि रमेशप्रसाद राज भण्डारी, जनकपुरका लागि श्रीकान्त पौडेल, तुलसीपुरका लागि नित्यानन्द पाण्डे, उच्च अदालत दीपायलका लागि शान्ति सिंह थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
संविधानले प्रधानन्यायाधीशले न्याय परिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति गर्ने व्यवस्था छ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले ६ जना मुख्य न्यायाधीशहरुका लागि सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। नवनियुक्त मुख्य न्यायाधीशहरुले भोलिदेखि नै सम्बन्धित उच्च अदालतमा कार्यभार सम्हाल्नेछन्।