सडक बालबालिकालाई शिक्षा
०६ मंसिर २०८०
•
३ मिनेट पाठ
सडक बालबालिकालाई शिक्षा
सडकबाट उद्धार गरेर संरक्षणका लागि ल्याएका सडक बालक साक्षर अभियान अन्तर्गत पढ्दै। तस्बिर: अमर/नागरिक
धरानका सन्दिप पाण्डे १७ वर्ष पुगे। उनी आठ वर्षको हुँदा आमाको निधन भयो। १३ वर्षको हुँदा बाबुको निधन भयो। सन्दिपका बाबुआमा छँदा धरान भोटेपुल नजिकै कवाडी (पुराना सामग्री संकलन गर्ने) पसलमा काम गर्थे। उनका बाबुआमा छोराछोरीलाई पनि लिएर त्यही बस्ने गर्थे। तर, विडम्बना! आमाबाबु दुवै जना गुमाएपछि सन्दिपलाई सहारा दिने कोही भएनन्।




बाबुआमाको निधन भएपनि सन्दिपसहित उनका दाजु, भाइ र दिदीको संरक्षण गर्ने कोही भएनन्। त्यो अवस्थामा दाजु भानुचोकतिरै भौँतारिएर हिँड्न थाले। भाइलाई पथरीमा आफन्त आन्टीले लगिन्। दिदीलाई तरहरामा फुपुले ल्याइन्। तर, सन्दिपलाई आफन्त कसैले पनि संरक्षण गरेनन्। अनि उनी भौँतारिएर धरानका सडक–सडक हिँड्न थाले। हिउँदको चिसो होस् या बर्खाको पानी उनी सडकमै बस्न र सुत्न थाले।

यसरी जीवन बिताउँदा उनी लागूऔषधको कुलतमा पनि फसीसकेका थिए। उनमा चोरी गर्ने लत पनि बसी सकेको थियो। ‘दुई वर्ष सडकमा रहँदा विज्याई जति सबै गर्न भ्याइयो,’ उनले भने, ‘यति बेला भने उनको दैनिकी फेरिएको  छ।’ बाबुआमा छँदा कक्षा ३ सम्म पढेका उनी अहिले कक्षा ४ को कोर्ष अध्ययन गरी रहेका छन्।

उनीलाई अहिले भ्याइस अफ चिल्ड्रेन इटहरीले संरक्षण गरेर साक्षर कक्षामा राखेर नियमित सिकाउने गरेको छ। उनी हरेक दिन चार घण्टा अध्ययन गर्ने गरेका छन्। ‘अब भने सीपमूलक तालिम सिकेर आत्मनिर्भर बन्ने योजना छ,’ उनले भने।

सरकारले सडकलाई सडक बालक मुक्त बनाउने अभियान अन्तर्गत धरानबाट २०७६ साल पुस १८ गते उद्धार गरी सन्दिपलाई इटहरीमा रहेको भ्वाइस अफ चिल्ड्रेनमा संरक्षणका लागि जिम्मा दिइएको हो। उनीलाई संरक्षण गर्न दिएपछि पनि त्यहाँबाट केही समय फरार भए। यति बेला पनि फेरि भ्वाइस अफ चिल्ड्रेनकै सम्पर्कमा आएर साक्षर कक्षा अन्तर्गत अध्ययन गरी रहेका छन्।

सन्दिपजस्तै, धरानका १७ वर्षे मनिष खड्का र उनका भाइ १० वर्षका अनिष पनि सडक बालकको रुपमा जीवन बिताइ रहेका बेला उद्धार गरेर भ्वाइस अफ चिल्ड्रेनकै संरक्षकत्वमा राखिएको छ। दुवै जना यति बेला साक्षर कक्षा अन्तर्गत अध्ययन गरी रहेका छन् । मनिषको सडक सम्म पुग्नुमा कारुणिक कथा छ।

उनी सात वर्षको हुँदा बाबु विक्रम लागूऔषध प्रयोगकर्ताको रुपमा पक्राउ परे। अदालतबाट जेल चलान गर्ने आदेश दिए। बाबु जेल परेको चार वर्षपछि आमा मीनाले अर्को विवाह गरिन्। आमाले बुर्किङ् काउन्टरमा काम गर्ने समीर तामाङसँग विवाह गरिन्। मनिष र उनका शारीरिक असक्त भाइ अनिष आमाले विवाह गरेकै घरमा गए। आमा मिना बिरामी भइन्। त्यही बेला बाबु कैद जीवन भुक्तान गरी छुटे। र, मनिष बाबुसँग आए। उनी बाबुसँग आएको केही दिनमै आमा बितिन्। बाबु पनि केही समयपछि फेरि लागूऔषध मुद्दामै दोस्रो पटक जेल परे। उनी भाइ पनि मनिषसँगै आए।

आफन्तले संरक्षण नगरेपछि दाजुभाइ नै सडकमै जीवन बिताउन थाले। यति बेला दुवै जनालाई उद्धार गरी भ्वाइस अफ चिल्ड्रेनले नै संरक्षण गरी रहेको छ। दुवै जना साक्षर कक्षा अन्तर्गत अध्ययन गरी रहेका छन्। मनिषले अब तालिम लिएर वर्कसप खोल्ने योजनामा छन्। ‘मैले तालिम लिएर वर्कसप खोलेर भाइलाई संरक्षण गर्ने योजना छ,’ उनले भने।

सडक बालबालिकाहरू आफ्ना अभिभावकको संरक्षकत्व, सामीप्यता र स्याहारबाट समेत पूर्णतः वञ्चित भएको अवस्थामा भ्वाइस अफ चिल्ड्रेनले संरक्षण प्रदान गर्दै आएको छ । भ्वाइस अफ चिल्ड्रेनले यति बेला आठ जनालाई संरक्षण प्रदान गरेर साक्षर कक्षा अन्तर्गत पढाउने कामसँगै केहीलाई सीपमूलक तालिम पनि दिने गरेको छ। 
अर्को समाचार
सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानमा सरकार: दैनिक उद्धार र गस्ती जारी
०४ साउन २०८३
•
१ मिनेट पाठ
सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानमा सरकार: दैनिक उद्धार र गस्ती जारी
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप जोखिमपूर्ण अवस्थामा रहेका सडक बालबालिकाको खोजतलास, दैनिक गस्ती तथा उद्धार कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ।




मन्त्री सिता बादी पदबहालीपश्चात् मन्त्रालयले सडक बालबालिकाको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै दैनिक गस्ती, उद्धार तथा पुनर्स्थापनासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाएको छ।

यसक्रममा सडकमा जोखिमपूर्ण अवस्थामा रहेका, भीक्षा माग्न बाध्य भएका तथा जीविकोपार्जनका लागि पानी, मास्कलगायतका सामग्री बिक्री गर्न बाध्य बालबालिकाको नियमित पहिचान गरी उद्धार गर्ने, अस्थायी संरक्षण प्रदान गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने, अभिभावकलाई आवश्यक सचेतना प्रदान गर्ने तथा आवश्यकतानुसार पुनर्स्थापनाको प्रक्रिया अघि बढाउने कार्य निरन्तर सञ्चालनमा रहेको छ।

मन्त्री बादीले प्रत्येक बालबालिकालाई सडकको जोखिमपूर्ण जीवनबाट मुक्त गरी सुरक्षित वातावरण, शिक्षा, संरक्षण र सम्मानपूर्ण भविष्य सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न मन्त्रालय दृढतापूर्वक अगाडि बढिरहेको बताइन ।  
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस