मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हिजो राति लोकन्थलीको पार्टी प्यालेसमा बसेका महिलाहरूमाथि दुर्व्यवहार भएको दाबी गरेका छन्।
नागरिक न्युजसँग कुराकानी गर्दै प्रसाईंले युवा संघका कार्यकर्ताहरूबाट आफ्नो अभियानमा आएका महिलाहरूमाथि दुर्व्यवहार भएको दाबी गर्दै त्यसको कानुनी उपचारमा जान लागेको बताएका हुन्।
नागरिक न्युजसँग कुराकानी गर्दै प्रसाईंले युवा संघका कार्यकर्ताहरूबाट आफ्नो अभियानमा आएका महिलाहरूमाथि दुर्व्यवहार भएको दाबी गर्दै त्यसको कानुनी उपचारमा जान लागेको बताएका हुन्।
‘राति त्यहाँ महिलाहरू मात्रै सुतिराखेको अवस्थामा त्यहाँ घुसेर दुर्व्यवहार भएको छ,’ उनले भने, ‘त्यसविरुद्ध उहाँ (महिला) हरू प्रहरीमा उजुरी गर्न जाने तयारी गरिराख्नुभएको छ।’आफ्नो भोलिको प्रदर्शन गरिब र भुँइ मान्छेहरूको आवाज भएको प्रसाईंले दाबी गरे।
उनले भने, ‘अहिलेको व्यवस्था विपन्न, सर्वहाराहरूले लडेर ल्याएको व्यवस्था हो। तर यही व्यवस्थामा टेकेर गलत तत्वहरूले फाइदा लिन थाले। भुँइमान्छेहरू शोषित र पीडित भइरहे। त्यसका विरुद्ध हाम्रो अभियान हो।’