इजरायल–हमास युद्धविरामले बढायो विपीन फर्किने विश्वास
०६ मंसिर २०८०
•
३ मिनेट पाठ
इजरायल–हमास युद्धविरामले बढायो विपीन फर्किने विश्वास
इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच जारी युद्ध अल्पकालीन समयका लागि रोकिने सम्भावना बढेको छ।दुवै पक्षसँग रहेका युद्धबन्दीलाई रिहा गराउन दुवै पक्ष राजी भएको समाचार बाहिरिएको छ। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने सम्भावना बढेको हो।




युद्धविरामको सम्भावनालाई हमास समूहले नै आधिकारिकता दिएको छ। हमास समूहका नेता इस्माइल हानियेहले मंगलबार एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई विज्ञप्ति पठाउँदै इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको प्रतिक्रिया दिएका छन्। ‘हामी युद्धविराम सम्झौतानजिक पुगेका छौं,’ विज्ञप्तिमा हानियेहले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्  युद्धविराम कति समयसम्म हुने भन्ने कुरा खुलाइएको छैन। तर दुवै पक्षबीच युद्धबन्दी आदान–प्रदान गर्ने सम्झौता हुन लागेको बताइएको छ। यसअघि सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमासबीच युद्धविराम सम्झौता हुनसक्ने कुराको संकेत गरेका थिए।

युद्धविराम सम्झौता कतार सरकारको मध्यस्थतामा भइरहेको जनाइएको छ। हमासको राजनीतिक शाखा कार्यालय कतारमै रहेकाले पनि कतारको भूमिकामा युद्धविरामको सम्झौता गर्न सहज भइरहेको हो। आइतबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुला रहमान अलथानीले बन्धकको रिहाइ र अल्पकालीन युद्धविरामको विषयमा छिट्टै सहमति हुनसक्ने बताएका थिए। बाँकी विषयमा भने सहमति हुन नसकिरहेको बताएका थिए।

प्राप्त समाचारअनुसार इजरायल ५ दिन युद्धविराम गर्न राजी भएको छ। सो समयमा उसले जमिनमा कुनै आक्रमण गर्नेछैन भने उत्तरी गाँजा क्षेत्रमा हवाई आक्रमण हुनेछैन। त्यसको बदलामा हमासले आफूसँग बन्धक रहेका विदेशी र केही इजरायली नागरिक रिहा गर्न सहमत भएको बताइएको छ। यद्यपि इजरायली सैनिक भने उसले छाड्न मानेको छैन। त्यसको बदलामा इजरायलले आफूसँग बन्धक रहेका तीन सय प्यालेस्टाइनीलाई रिहा गर्नेछ।

यसरी हमास र इजरायल अल्पकालीन युद्धविराम गरेर युद्धबन्दीलाई रिहा गर्न सहमत भइरहँदा नेपाली विद्यार्थी जोशी पनि रिहा हुने परराष्ट्र मन्त्रालयले आशा राखेको छ। ‘विपीन गाजा क्षेत्रमा सकुशल छन् भन्ने खबर प्राप्त भएको छ। उनलाई रिहा गराउन मन्त्रीज्यू र नेपाल सरकारबाट विभिन्न प्रयास भइरहेका छन्,’ परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले भने, ‘यस्तोमा दुवै पक्ष सहमत हुँदा विपीन पनि रिहा भएर नेपाल फर्किने आशा बढेको छ।’  

हमास समूहसँग मध्यस्थता गरिरहेका कतार, इरान, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी) लगायतसँग विपीनको रिहा गराइदिन नेपाल सरकारले सुरुदेखि नै आग्रह गर्दै आएको छ। कतार सरकारले कूटनीतिक माध्यमबाट दिएको जानकारीअनुसार विपीन हमास समूहसँग सकुशल रहेको खबर प्राप्त भएको स्वकीय सचिव जोशीले बताए। यही कुरा शनिबार परराष्ट्रमन्त्री साउदले आफूहरूसँगको कुराकानीमा पनि बताएको विपीनका दाजु किशोर जोशीले बताए। ‘हामीले रिहाइका लागि जिम्मेवार भएर काम गरिदिन आग्रह गर्‍यौं। मन्त्रीज्यूले विपीन सकुशल भएको खबर प्राप्त भएको जानकारी आएको बताउनुभयो। रिहाइमा आफूहरू पनि चिन्तित भएर लागेको बताउनुभयो,’ किशोरले भने।

इजरायली रक्षा बल (आइडिएफ)ले सोमबार एउटा सिसिटिभी फुटेज सार्वजनिक गर्दै फेरि पनि विपीन हमासकै कब्जामा रहेको दाबी गरेको थियो । पछिल्लो समय इजरायली सेनाले कब्जामा लिएको गाजास्थित शिफा अस्पतालको अक्टोबर ७ तारिखको उक्त फुटेजमा दुईजनालाई अपहरण गरेर पुर्‍याइएको देखिएको छ। जसमध्ये एक नेपाली र एक थाइल्यान्डका नागरिक रहेको आइडिएफले उल्लेख गरेको छ। यद्यपि पछिल्लो समय कहाँ छन् भन्ने नखुलेको आइडिएफले जनाएको छ।  

आइडिएफ र इजरायलको सूचनाका आधारमा इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति सार्वजनिक गर्दै विपीन अझै सम्पर्कविहीन रहेको बताएको छ।

असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा नेपालका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए। विपीन भने उक्त घटनापछि बेपत्ता छन्। प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले पनि विपीनलाई हमास लडाकुले कब्जामा लिई लगेको बताउँदै आएका छन्। उता हमास समूहले दुई सय ४० जनालाई बन्धक बनाएको बताइएको छ। उनीहरूमध्ये बच्चा, वृद्धवृद्धा र विदेशी नागरिक पनि छन्। उनीहरूलाई रिहा गराउन सुरुदेखि नै मध्यस्थकर्ताहरूले काम गरिरहेका छन्।
अर्को समाचार
कतारका राजासँग विपीन रिहाइको कुरा राख्छु: प्रधानमन्त्री
०९ वैशाख २०८१
•
१ मिनेट पाठ
कतारका राजासँग विपीन रिहाइको कुरा राख्छु: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन्।




कञ्चनपुरको महेन्द्रनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताए।

'प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ', दाहालले भने, 'आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग समेत गरेको छु।'

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनको भनाइ थियो।

त्यसैगरी सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ, व्यवहारिक, जीवन उपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनुसक्नुपर्ने बताए।

'सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ', उनले भने, 'अहिले सहिद दशरथचन्द राष्ट्रिय स्वाथ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ।'

शिक्षासम्वन्धी हक कार्यान्वयन गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउँदै उनले सुदूरपश्चिम क्षेत्रको निम्न तथा मध्यम आय भएका विद्यार्थीहरुलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी उनीहरुको जीवनमा विश्वविद्यालयले महत्वपूर्ण योगदान पु¥याएको जानकारी दिए।  
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस