जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्ने पर्यटकीय पदमार्ग निर्माण सुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।
पर्यटकीय हिसाबले गिडीदह निकै सम्भावना बोकेको छ।अप्ठ्यारो बाटो, उचित वासस्थानको अभाव आदि कारणले गिडीदहमा पर्यटक जान कठिन छ ।तर यहाँका सुन्दर पाटन, भेडी खर्क, तालतलैया र मगमग बास्ना छर्ने विविध जडीबुटी र फूलको अवलोकनले पर्यटकलाई लोभ्याउन सकिने स्थानीय बताउँछन्।
यही विषयलाई मध्यनजर गर्दै पर्यटकीय पदमार्ग बनाउन सुरु भएको हो । भविष्यमा सक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित पदमार्ग लगायत पर्यटन प्रवर्द्धनका काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाले जनाए ।
‘सुन्दर पाटनहरूको अवलोकन गर्दै गिडीदहको काखमा सयौं पर्यटक एकसाथ आनन्द लिइरहेको कल्पना गरिएको छ, ‘उनले भने, ‘त्यसका लागि पर्यटनमैत्री संरचना निर्माणदेखि पर्यटनमैत्री व्यवहार अघि बढाउन लागिपरेका छौँ।’
गिडीदह जाँदा हराउने, बाटो बिराएर अलमल हुनेलगायत समस्या पदमार्ग बनेपछि समाधान हुने उनको भनाइ छ । दह किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर पदमार्ग निर्माण गरिएपछि सहज भएको वडाध्यक्ष रोकायाले बताए । गाउककपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर पदमार्गको काम गरेका छन्।
अप्ठ्यारो बाटो, उचित वासस्थानको अभाव आदि कारणले गिडीदहमा पर्यटक जान कठिन थियो । यहाँका सुन्दर पाटन, भेडी खर्क, तालतलैया र मगमग बास्ना छर्ने विविध जडीबुटी र फूलको अवलोकनले पर्यटकलाई लोभ्याउन सकिने स्थानीय बताउँछन्।
१० दिन लगातार काम गरेपछि पदमार्ग निर्माण भएको हो । अब आन्तरिक र बाह्य पर्यटक गिडीदह पुग्न कुनै समस्या छैन।स्थानीय युवा कौरव पाण्डेको नेतृत्वमा गिडीदहमा धर्मशालादेखि पाटनसम्म पर्यटन पदमार्ग निर्माण गरिएको हो । पालिकाले आन्तरिक स्रोतबाट सात लाख २५ हजार रकम पदमार्ग निर्माणका लागि विनियोजन गरेको थियो ।
कात्तिक १६ देखि २६ सम्म पदमार्ग निर्माण गरिएको हो। गिडीदह अब सबैले अवलोकन गर्न पाउँनेछन्। पदमार्गको बिचमा आवासदेखि खानपानको व्यवस्था गर्नसमेत पहल भइरहेको । यो आकर्षक पर्यटकीय गन्तव्यका साथै साहसिक यात्रा पनि हुनेछ।यसअघि तातोपानी गाउँपालिकाको टिम पर्यटनकर्मीहरू लिएर गिडीदह पुगेको थियो ।तातोपानी–४ को आग्रहमा ताल विकास बोर्डको टोली आएर पनि गिडीदहरूको अवस्था अध्ययन गरेर गएको छ ।
टोलीले तालमै ¥याफ्टिङ गरेको थियो । लम्बाइ, चौडाइ र उचाइ नाप्ने कामसमेत सकिएको छ ।टोलीले गिडीदहमा पाइने जीवदेखि ताल वरिपरि भेटिएका हरेक वस्तुको अध्ययन गरेको जनाइएको छ । तर अध्ययनपछिको प्रतिवेदन टोलीले सार्वजनिक गरेको छैन ।तालमा नयाँ प्रजातिको जीव भेटिएकाले ल्याब टेस्ट गर्न देशबाहिर पठाइएको छ । त्यसैले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेको वडाध्यक्ष रोकायाले सुनाए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...