भूकम्पले पुर्याएको क्षतिको अवलोकन गर्न आएका नेपाली कांग्रेसका महामन्त्रीद्वयले जाजरकोटको नलगाढ नगरपालिका र भेरी नगरपालिकामा नमूना घर निर्माण गरेका छन्।
भूकम्पले पु¥याएको क्षतिको अनुगमन गर्न खटिएका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले दुई वटा पालिकाका दुई जना भूकम्प पीडितको घर निर्माण गरेका हुन्। महामन्त्री शर्माले थोरै लगानी र थोरै समयमा केही वर्षसम्मका लागि बस्न मिल्ने गरेर घर निर्माण गरिएको बताए।
महामन्त्रीद्वयले भूकम्पमा परेर मृत्यु भएका नलगाड नगरपालिका–१ चिउरीका दत्तबहादुर कुमाईको घर निर्माण गरेका थिए। मृतक कुमाईका श्रीमती र चार छोरा छन्।चिउरीमा निर्माण गरिएको घर मृतक दत्तबहादुरकी श्रीमति कृष्णा कुमाईलाई हस्तान्तरण गरिएको थियो।
भेरी नगरपालिकामा प्रकाश शाहको परिवारका लागि नमूना घर बनाएर हस्तान्तरण गरेका थिए। शाहको घरमा भाडामा बस्दै आएकी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंह र रेगन शाहको निधन भएको थियो। घरधनी प्रकाश शाह भूकम्पमा परेर घाइते भएका छन्।उनको नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत छन्। नमूना घर प्रकाशका छोरा ११ वर्षीय गिरिशजंग शाहलाई महामन्त्रीद्वयले वडाध्यक्षको रोहवरमा चावी दिएर हस्तान्तरण गरेका थिए।
वडाध्यक्ष लिलाबहादुर शाहले भूकम्प पीडितहरुका लागि तत्कालका लागि अहिले बनाइएको नमूना घरहरु बनाउन उपयुक्त देखिएको बताए। ‘भत्केका घरमा ढुंगा छँदैछ, काठ पनि प्रसस्त छ,’ उनले भने, ‘सरकारले प्रतिघर ५० हजार रुपैयाँ दिए पीडितहरु आफैले आफ्ना लागि यस्ता घरहरु केही दिनमै निर्माण गर्न सक्छन्।’
उनले यस्ता घरहरु निर्माणका लागि स्वयमसेवीको खाँचो रहेको बताए। ‘जमिन सम्याउने, ढंगा बोकिदिने, बाँस र काठहरु ल्याइदिने र लिपपोत्त गरिदिए स्वयमसेवी भए भूकम्प पीडितहरु चाँडै अस्थायी टहरोमा सर्न पाउँथे,’ उनले भने, ‘त्रिपालले केही दिनका लागि ओत लाग्ने ठाउँ दिन पनि स्थायी घर नबन्दासम्मका लागि अस्थायी टहराले केही वर्षसम्म थेग्न सक्थ्यो।’
महामन्त्री शर्माले ३५ देखि ४० हजारमा एक परिवार बस्न मिल्ने घर छ जनाले छ घण्टामा बनाउन सक्ने बताए। नमूना घरमा बाँस, ढुंगा र टीनको छाना प्रयोग गरिएको छ। बाँसको बाहिरबाट माटोले पोतिएको छ। महामन्त्रीद्वयले काठमाडौं पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर नमूना घर निर्माणका लागि पहल लिन आग्रह गर्ने बताए। ‘भूकम्प प्रभावित क्षेत्रमा चिसो बढेको छ, केही ठाउँमा हिउँ पनि पर्ने रहेछ,’ उनले भने, ‘नमूना घर जतिसक्यो छिटो बनाउनुपर्ने अवस्था देखिएकाले सरकारसँग यो विषयमा कुरा गछौं।’
उनले घर भत्किएका र चर्किएका विस्थापितहरुका लागि प्रतिपरिवार सरकारले ४० हजार रुपैयाँ सहयोग गरे महिना दिनभित्रै जाडो, पानी र घाम छेक्ने घर बनाउन सकिने बताए। ‘सरकारले सानो रकम हरेक परिवारलाई देओस्, यस्ता घरहरु एक सातामै बनाएर पीडितहरु सुरक्षित आवासमा बस्न सक्छन्,’ उनले भने, ‘काठमाडौं फर्केपछि प्रधानमन्त्रीलाई भेटेर हामी यहीँ सुझाव दिनेछौं।’
भूकम्प पीडितहरुले आफै पनि अस्थायी घरहरु बनाउन सुरु गरेका छन्। ‘हामीले नमूना घर निर्माण गरेपछि त्यस्तै प्रकारका घरहरु भूकम्प पीडितहरु आफैले पनि बनाउन सुरु गर्नु भएको छ,’ उनले भने, ‘सरकारको थोरै आर्थिक सहयोग हुने हो भने चाँडै पीडितहरुले बस्नका लागि छानो पाउनु हुनेछ।’
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...