भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ।
लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो।
विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजन गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ।
पत्रकार सम्मेलन।
लक्ष्मी पूजा, गाई पूजा र गोवर्द्धन पूजाको दिन क्रमशः कार्तिक २६, २७ र २८ गते सामूहिक पूजन हुनेछ।
वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधिष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौ आरतीबाट गर्नेछन्। सो अवसरमा वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए।
यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोवर्द्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आउन आह्वान गरिएको छ।
पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिए।
उनका अनुसार गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ। यहाँ गाईको रेखदेखको लागि नौ जना कर्मचारी खटिएका छन्। योगी नरहरीनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेका छन्।
यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ। भरतपुर महानगरपालिका, पोलिटेक्निक कलेज र विभिन्न प्राविधिकले यहाँका गाईको औषधि उपचारमा सहयोग गरिरहेको उनले बताए।
योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संरक्षक डा कृष्णहरी देवकोटाले यहाँका गाई संरक्षणमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए। घरघरमा गाई पाल्न छाडेकाले यसको महत्त्व ह्रास आउन सक्ने उनको भनाई छ।
स्थानीय जातका गाईको महत्त्व धेरै भएको भन्दै दूध तथा गहुँतबाट औषधी समेत बनाउन सकिने उनले बताए।
गौ संरक्षणका लागि बागेश्वरीमा आजीवन सदस्यको शुल्कबाट पनि आर्थिक जोहो गर्ने गरिएको छ। आजीवन सदस्य बन्नका लागि ११ हजार शुल्क तोकिएको छ। अहिलेसम्म अक्षयकोषमा ७० लाख जम्मा भएको छ।
सोही ब्याज, गोबर र गहुँत बेचेर गौशालाको खर्च व्यवस्थापन हुँदै आएको छ। गहुँतबाट मासिक ३५ हजार र गोबरबाट एक सिजनमा डेढ लाख बढी आम्दानी हुने गरेको गौ संरक्षण केन्द्रले जानकारी दिएको छ।
भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो।
विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजन गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ।
लक्ष्मी पूजा, गाई पूजा र गोवर्द्धन पूजाको दिन क्रमशः कार्तिक १५,१६ र १७ गते सामूहिक पूजन हुनेछ। वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन अन्तर्राष्ट्रिय कथा वाचक पण्डित कुवेर सुवेदीले गर्नेछन्। त्रिदिवसीय सामूहिक गौपुजन संगितमय रुपमा हुने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। गाईको वैदिक तवरबाट पूजा गरिने छ। धार्मिक मान्यता अनुसार उन्नत जातका गाईहरूको पूजा गरेर प्रतिफल नहुने भएकाले स्थानीय गाईको पूजा गरिने उनले बताए।
यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आह्वान गरिएको छ।
पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिए।
उनका अनुसार गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ। यहाँ गाईको रेखदेखको लागि नौ जना कर्मचारी खटिएका छन्। योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेका छन्। यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ।
गाई संरक्षणका लागि २०७२ सालदेखि अक्षय कोष समेत बनाइएको छ। एक करोडको अक्षयकोष बनाउने लक्ष्य लिएको संस्थाले हालसम्म ९० लाखको हाराहारीमा कोषमा रकम जम्मा भएको बताइएको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...