‘भूकम्पले वंश नै नास्यो’
२० कार्तिक २०८०
•
५ मिनेट पाठ
‘भूकम्पले वंश नै नास्यो’
जाजरकोट भूकम्पबाट मृत्यु भएकाहरुलाई नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै।
रुकुम पश्चिमको सानीभेरी नगरपालिका–१ का प्रेम पुनले विनासकारी भूकम्पमा छोरा–बुहारीसहित दुई नाति गुमाए । घरमा आइतबार पुग्दा पत्नीसँगै भत्केको घरको बाहिर उनी टोलाइरहेका थिए । माटो र ढुंगाले बनेको उनको दुईतले घर पूरै भत्किएको थियो । भुइँ तलाको एउटा कोठा मात्रै बचेको थियो । ‘हामी बुढाबुढी (पति–पत्नी) यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने, ‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्‍यो।’




भूकम्पले उनको बास घरबाट सडकमा पुर्‍याएको छ । घर छेउमै कालोपत्रे गरिएको मध्यपहाडी राजमार्ग छ । त्यहीं सडकमा उनले दुई रात बिताइसके । अझै कति दिन र रात भोकै र नांगै सडकमा बस्नुपर्ने हो, उनलाई थाहा छैन । घरमा भित्राएको खाद्यान्न पनि पुरिएको छ । घरको भग्नावशेष पन्छाउने तागत पनि उनीसँग छैन ।  

जाजरकोटको बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले उनीजस्तै धेरैलाई बेसहारा र घायल बनाएको छ । सरकारले घाइतेको उद्धार चाँडै गरे पनि राहत ल्याउन भने ढिला गरेको उनले बताए । ‘अहिलेसम्म कसैले पनि एकसरो पाल, खाद्यान्न र भाँडाकुँडा दिनुभएको छैन,’ आइतबार छोरा–बुहारी र दुई नातिको दाहसंस्कार गरेका प्रेमले भने, ‘चिसोमा भोकभोकै र नांगै कति दिन सडकमा सुत्नुपर्ने हो, थाहा छैन ।’

सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोकाले गाउँका कुनै पनि घर बस्न लायक नभएको बताइन् । ‘वडा नं. १ मा ४६३ घरधुरी छन् । जसमा धेरैजसो भत्किएका छन् भने बाँकी चिरा परेका छन्,’ उनले भनिन्, ‘घरभित्र बस्न सक्ने अवस्था छैन । राहत पनि आइपुगेको छैन ।’ सानीभेरी गाउँपालिकामा ५२ सय घरधुरी छन् । जसमध्ये केही घर मात्र बस्न योग्य छन् । धेरैको बास सडक र खेतवारीमा छ । ‘सरकारले चाँडोभन्दा चाँडो पाल, खाद्यान्न र भाँडाकुँडा पाए पीडितलाई केही राहत हुन्थ्यो,’ उनले भनिन्, ‘चिसोमा खेतबारी र सडकको बासले अर्को समस्या निम्त्याउने खतरा छ ।’ उनले पालिकाले मात्र पीडितलाई आवश्यक राहत सामग्री पु¥याउन नसक्ने बताइन् । उनले भनिन्, ‘सबैलाई राहत दिनुपर्ने भएकाले पालिका एक्लैले सक्ने अवस्था छैन ।’

जाजरकोटको नलगाढ नगरपालिका–१, चिउरीका रविलाल विक आइतबार आफन्तहरूको मलामी गएर फर्किएका थिए । चिउरी गाउँका १८६ घरधुरीमध्ये अधिकांश भत्किएका छन् । बाँकी घर पनि चर्किएर बस्न नमिल्ने छन् । चिउरी गाउँका २५ जनालाई भूकम्पले लग्यो । ‘आजै (आइतबार) १३ जनालाई नलगाडमा जलाएर आयौं,’ उनले भने, ‘भूकम्पले गाउँ नै तहसनहस बनाइदियो ।’ भूकम्पले नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि ज्यान लियो । नलगाडा पालिकाभरि ५६ जनाको ज्यान गयो । चिउरी भूकम्पबाट सबैभन्दा बढी प्रभावितमध्येको एक गाउँ हो । चिउरीमा आइतबारसम्म राहत सामग्री पुगेको छैन । ‘एकसरो कपडाले ठुलीभेरी र नलगाडको सिरेटो कसरी थेग्न सकिएला र खै,’ उनले भने, ‘अझैं कतिदिनसम्म यो पीडा सहनुपर्ने हो, थाहा छैन ।’

राति सुतेका बेला भूकम्प गएकाले कसैले पनि लत्ताकपडा र खाद्यान्न बाहिर निकाल्न पाएनन् । ‘खाद्यान्न र कपडा घरका भग्नावशेषले पुरिएका छन्, हामी भोकै र नांगै बस्नुपरेको छ, चिउरी गाउँकी रामदेवी नेपालीले भनिन्, ‘दुःख एकै पटक आउँछ भन्थे, हामीलाई त्यस्तै भएको छ ।’ सरकारले राहत सामग्री दिन नसकेको भन्दै उनले आक्रोश पोखिन् । ‘दुई रात खेतमा एकसरो कपडाको भरमा बिताइसक्यौं, खान पनि अन्न छैन,’ उनले भनिन्, ‘सरकार राहत आउँछ भन्छ, हेलिकोप्टरमा नेताहरू मात्रै आएको देखिन्छ ।’

गाउँमा पुगेका केही राहत सामग्री पनि पीडितले पाउन सकेका छैनन् । एकद्वार नीतिका कारण गाउँमा पुगिसकेको राहत सामग्री पनि वितरण नहुँदा पीडित भोकभोकै छन् ।  

नलगाडमा शनिबार राति नै लायन्स क्लब, जेसिजलगायतका सामाजिक संस्थाले राहत सामग्रीहरू पु¥याएका थिए । पालिका र प्रशासनले एकद्वारा नीतिमार्फत वितरण गर्ने भन्दै सामाजिक संस्थालाई वितरण गर्न दिएन । ‘जिल्ला प्रशासन कार्यालयको रोहबरमा दाताहरूबाट प्राप्त राहत सामग्रीहरू वितरण गर्ने निर्णय भएको छ,’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने, ‘जथाभावी वितरण गर्दा पछि समस्या आउने भएकाले यो निर्णय गर्नुपरेको हो ।’ उनले राहत सामग्री सोमबारदेखि वितरण गरिने बताए ।  

भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमका मानिस आफन्त गुमाएको पीडामा मात्रै होइन, फेरि भूकम्प आउने हो कि भन्ने त्रासमा पनि छन् । राति पनि परकम्प भइरहेका कारण सुत्न नसकेको पीडित बताउँछन् । समाचार संकलनका लागि सानीभेरी गाउँपालिका–१ पुग्दा घरमाथिका पहाडबाट माटो खसिरहेको देखिन्थ्यो । त्यहाँकी प्रमिला पुनले भूकम्पका कारण पहाड पनि चिरा परेको बताइन् । चिरा परेको पहाड फुटेर कति बेला गाउँ पुर्ने हो भन्ने चिन्ता पनि पीडितमा छ । ‘भूकम्पपछि पहाडबाट सुख्खा पहिरो खसिरहेको छ,’ उनले भनिन्, ‘एक त सडकको बास छ, त्यसैमाथि पहाड आएर पुर्ने हो कि भन्ने त्रास छ ।’

शवको दाहसंस्कार गरिए पनि गोठमा च्यापिएर मरेका पशु चौपायाको व्यवस्थापन हुन सकेको छैन । स्थानीयका अनुसार प्रहरीले मुचुल्का नउठाएकाले मरेका पशु–चौपायाको व्यवस्थापन नगरिएको हो । मरेका पशु–चौपायाको चाँडै व्यवस्थापन नगरिएको अर्को संकट आउन सक्छ ।  

दुई दिनभित्र पीडितलाई राहत

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू उपलब्ध गराउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । रूकुम पश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तसहित सुरक्षा निकायका प्रमुखलाई आइतबार निर्देशन दिँदै खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले अब राहत र पुनस्र्थापनामा जुट्नुपर्ने बताए । उनले सोमबारसम्म राहतका सबै सामग्री जिल्लामा आइपुग्ने बताए । 

शनिबार दिनभर सुर्खेत विमानस्थलमा घाइतेहरूको उद्धारमा खटिएका उपप्रधानमन्त्री खड्का आइतबार भूकम्प प्रभावित गाउँमा पुगे । उनले राहत सामग्री तत्काल पीडितलाई वितरण गर्न रुकुम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३२ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस