चितवनका ‘पुष्पा र अञ्जली’ कोशी टप्पुमा रमाउॅदै
१९ कार्तिक २०८०
•
२ मिनेट पाठ
चितवनका ‘पुष्पा र अञ्जली’ कोशी टप्पुमा रमाउॅदै
कोशी टप्पु वन्यजन्तु आरक्षको इन्क्लोजरमा राखिएका पुष्पा र अञ्जली। तस्बिर: नागरिक
चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षणमा ल्याइएका ‘पुष्पा र अञ्जली’एक सिंगे गैंडा यहाँको वातावरणमा समायोजन भएका छन्। एक महिना अघि चितवनबाट कोशी टप्पुमा पुष्पा र अञ्जलीपोथी गैँडालाई ल्याइएको थियो। 




‘चितवनमा जुन खाले वातावरण थियो, यहाँ पनि त्यही खाले वातावरण भएकाले पुष्पा र अञ्जलीसहजै समायोजन भएका छन्,’ कोशी टप्पु वन्यजन्तु आरक्षका पशु स्वास्थ्य प्राविधिक देवकुमार गाईमले भने, ‘चितवनबाट कोशी टप्पुमा ल्याउने क्रममा चोटपटक लागेको थियो। त्यो घाउँ अहिले निको भई सकेको छ।’

उनका अनुसार पुष्पा र अञ्जलीलाई दिनभर घाँसे मैदानमा चराउने गरिएको छ भने साँझ ५ बजेपछि बिहान ७ बजेसम्म इन्क्लोजरमा राख्ने गरिएको हो। आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ। गैँडालाई बाहिर चरिचरणका लागि लानका लागि पुष्पा र अञ्जलीका दुई–दुई जना हेरालु रहेका छन् भने आरक्षमा सुरक्षाका लागि खटेको सेनाको टोलीले पनि निगरानी गर्ने गरेको छ।

‘चितवनबाट ल्याएको एक–दुई दिन फलफूल दिएर इन्क्लोजरभित्र राख्ने काम गरे पनि यति बेला भने सहज हुन थालेको छ,’ पशु स्वास्थ्य प्राविधिक गाइमले भने, ‘चरिचरणका लागि आरक्षकै सप्तरी र उदयपुर क्षेत्रतर्फ लाने गरिएको छ।’ आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुरमा गरी एक सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। पुष्पा र अञ्जलीलाई दिनभर चरिचरणाका लागि लगेर साँझ ल्याएपछि इन्क्लोजरमा राख्दा पनि अहिलेलाई आरक्ष क्षेत्रमै पाइने घाँस दिने गरिएको छ।

गैँडालाई यति बेला रैथाने घाँस दिने गरेपनि अब भने आरक्षको केही निश्चित क्षेत्रलाई ग्रासल्याण्ड बनाउने योजना रहेको छ। ‘अब चाँडै नै गैँडाका लागि दुई–चार विघा जग्गामा ग्रासल्याण्ड क्षेत्र बनाएर उन्नत जातको घाँस लगाउने तयारी भइरहेको छ,’ पशु प्राविधिक गाइमले भने, ‘घाँस लगाउँदा जुनबाट पौष्टिक तत्त्व पाइन्छ, त्यही लगाउने योजना रहेको छ।’

माउबाट छुटेर अलपत्र अवस्थामा भेटिएका टुहुरा गैंडा पुष्पा र अञ्जली चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीको माया–ममतामा हुर्किएका थिए। नेपालमा हाल सात सय ५२ वटा एकसिंहे गैंडा रहेका छन्। 

कोशी टप्पु वन्यजन्तु आरक्ष नेपालको पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटीय क्षेत्रमा अवस्थित एक मात्र संरक्षित क्षेत्र हो। क्षेत्रफलको आधारमा यो नै नेपालको सबैभन्दा सानो आरक्ष हो। क्षेत्रफलमा सानो भएता पनि जैविक विविधताको हिसाबले यो आरक्ष अत्यन्तै महत्त्वपूर्ण छ।

यस आरक्षमा पर्याप्त संख्यामा सिमसार रहेकाले ‘चराको स्वर्ग’ भूमिनामले चिनिँदै आएको छ। साथै, कोशी टप्पु अर्नाको मुख्य वासस्थान हो। यहाँ अग्ला घाँसे मैदान, नदी तटीय वन र सिमसार क्षेत्रमा गरी ५१४ प्रजातिका वनस्पतिहरू सूचीकृत भएका छन्। 
अर्को समाचार
पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा
०६ चैत्र २०८०
•
३ मिनेट पाठ
पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा
चितवन राष्ट्रिय निकुञ्जबाट दोस्रो पटक कोशीटप्पु वन्यजन्तु आरक्षमा गैँडा स्थानान्तरण गर्न लागिएको छ। वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार निकुञ्ज प्रशासनले एउटा भाले गैँडा कोशीटप्पु स्थानान्तरण गर्न लागेको हो।




‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरले भने ‘जतिसक्दो छिटो वयस्क भाले गैँडा स्थानान्तरण गर्ने तयारी छ।’ 

आन्तरिक स्थानान्तरण गर्न लागिएको अवसर पारेर कोशीटप्पुमा पनि एउटा गैँडा लैजान लागिएको पुनले जानकारी दिए। 

आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई अन्दाजी दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो। दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो। सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो। हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ।

पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । गैँडाले पाँचदेखि छ वर्षमा बच्चा जन्माउने गरेको छ । भाले लागेको एक वर्ष चार महिनादेखि एक वर्ष छ महिनाभित्र बच्चा जन्माउने गर्दछ । चार वर्ष पुगेकी पुष्पाले चितवन निकुञ्जमा हुँदै भाले खोजेको संरक्षणकर्मीहरूले बताएका थिए।
यिनीहरूको स्थानान्तरणको समयमा वन मन्त्रालयले भाले पनि स्थानान्तरण गर्ने बताएको थियो। ‘पोथीका लागि भाले चाहिने बाइलोजिकल निड्स हो,’ उनले भने, ‘पहिलो चरणमा पोथी स्थानान्तरण गरिएपछि दोस्रो चरणमा भाले लैजान खोजेका हौँ।’

अहिले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरणको काम चलिरहेको छ। पश्चिम सेक्टरका गैँडा पूर्व तर्फ सारिँदै छ। हालसम्म तीन वटा गैँडा स्थानान्तरण गरिएको छ। निकुञ्जको १० वटा स्थानान्तरण गर्ने लक्ष्य छ। यस्तै चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालदेखि यता १०२ वटा गैँडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ। यहाँबाट स्थानान्तरण भएका गैँडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी छन्। त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैँडा लगिएको छ। त्यसमा जीवित ३८ वटा मात्र छन्। 

चितवन राष्ट्रिय निकुञ्जका गैँडा स्वदेशमा मात्र होइन, मित्रराष्ट्रहरूलाई उपहारस्वरूप दिने गरिएको छ। औपचारिक रूपमा सन् १९८५ सालबाट उपहारस्वरूप मित्रराष्ट्रलाई गैँडा दिइएको देखिन्छ। निकुञ्ज विभागको रिपोर्टअनुसार पहिलो पटक भारतलाई चार वटा गैँडा दिइएको तथ्याङ्क छ। ती गैँडा भारतको दुधवा राष्ट्रिय निकुञ्जमा राखिएको उल्लेख छ। 

हालसम्म नौवटा देशमा यहाँका २६ वटा गैँडा पुगेका छन्। सबैभन्दा बढी अमेरिकाले ६ वटा गैँडा लगेको छ। उसले सन् १९८७ मा दुई पटक गरी चार वटा र सन् १९९० मा दुई वटा गैँडा लगेको छ। त्यसैगरी जर्मनी, सिंगापुर, बंगलादेश, बेलायत, अस्ट्रिया र चीनमा दुई-दुई वटा गैँडा उपहारस्वरूप प्रदान गरिएको छ । पछिल्लो पटक सन् २०१८ मा चीनमा दुई वटा गैँडा लगिएको छ।
पछिल्लो गैँडा गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन्। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६ सय ९४ वटा गैँडा छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गरी सात सय ५२ वटा गैँडा नेपालमा छन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस