भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
आइतबार बसेको ८७ औँ कार्यपालिकाको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा महानगरपालिकाको कोषबाट एक करोड दिने निर्णय गरेको हो।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पुर्याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए।
जनप्रतिनिधिको एक महिना, अधिकृतस्तरका कर्मचारीको पाँच दिन, सहायक स्तरसम्मका कर्मचारीको तीन दिन, माध्यमिक विद्यालय शिक्षकको तीन दिन, आधारभूत तहका शिक्षकको दुई दिनको तलबबाट पैसा जम्मा गरिनेछ। नपुग रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट जम्मा गर्ने निर्णय भएको रानाले जानकारी दिए।
महानगरले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासी आह्वान समेत गरेको छ।
शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ। भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुम लगायतका जिल्लाका धेरै कच्ची घरहरू भत्किएका छन्।
मानवीय क्षतिसँगै पशु चौपाया र भौतिक संरचनामा क्षति पुगेको छ।