जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिका-६ देखि १० नम्बर वडा जोड्ने तिला नदीमाथिको पुल अवरुद्ध गरिएको छ।
पुल निर्माण गर्दा छोडेको जग्गाको मुवाब्जा नपाएको भन्दै जग्गा धनीहरू मदनमोहन देवकोटा, गोरीकला सार्की र कुइरो सार्कीले पुल अवरुद्ध गरेका हुन्।
पुल निर्माणको क्रममा सडकले प्रयोग गरेको जग्गाको मुवाब्जा दिने र बाँकी रहेको जग्गा प्रयोग गर्न मिल्ने गरी सहमति गरिएको भएपनि निर्माण कार्य सकिएको वर्षौं बित्दा पनि वास्ता नगरिएको जग्गा धनीहरूको गुनासो छ।
जग्गा धनी मदनमोहन देवकोटा भन्छन्, 'पहुँच भएकाहरूलाई मुवाब्जा दिइयो तर हामीलाई अहिलेसम्म दिइएन। हाम्रो पहुँच नभएकै कारण कुरा सुनुवाइ भएन्।'
पुल निर्माणको क्रममा खनेर गहिरो गरिएको जग्गा पछि पुरेर जस्ताको त्यस्तै पारिदिने र त्यतिन्जेल ठेकेदारले जग्गा धनीलाई चामल उपलब्ध गराउने सहमति भएको अर्की जग्गा धनी गोरीकला सार्कीले बताइन्।
तर आफूहरूले एक दुई पल्ट पच्चीस किलोको दुई तीन बोरा चामल पाएको त्यसपछि केही नपाएको उनको भनाइ छ।
त्यस बेला पुल निर्माणको जिम्मा हालको चन्दननाथ नगरपालिका-६ का वडा अध्यक्ष रवि थापाले लिएका थिए। उनका अनुसार सडकले नै जग्गा बनाइदिने सहमति भएको थियो तर इन्जिनियरको सरुवा भएपछि जग्गाको काम रोकिएको थियो।
डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र विष्टले पुल निर्माणको बेला ठेकेदारसँग भएको सम्झौता कार्यान्वयन गराउनलाई पहल गर्ने बताए।
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले अवरुद्ध सडक खुलाउन बुधबार सर्वदलीय बैठक बोलाइएको बताए।